केन्द्रीय संस्करण

विवाहपञ्चमीमा हात्ती, घोडा र उँट चढेर अयोध्याबाट जनकपुर आउने भए जन्ती

person access_timeमंसिर २०, २०७५ chat_bubble_outline0

जनकपुर–रामजानकी विवाहपञ्चमी महोत्सवमा आयोध्याबाट हात्ती, घोडा र उँट चढेर जन्ती जनकपुर आउने भएका छन् । 

बुधबार जानकी मन्दिरका सहायक महन्त वैष्णव राम रोशन दासले पत्रकार सम्मेलन गरी विवाहपञ्चमी महोत्सवमा आयोधाबाट हात्ती, घोडा र उँट चढेर जन्ती जनकपुर आउने जानकारी दिए । 

यस वर्ष विवाहपञ्चमी महोत्सवमा ५ सय विशिष्ट र ५ हजार  जन्ती सहभागि हसने उनको अनुमान छ । सहमहन्त दासले विवाहपञ्चमी महोत्सवको थप महत्व बढाउनको लागि १५ सय विवाह महोत्सवका बारेमा जानकारी दिने पुस्तक प्रकाशन गरी शुलभ शुल्कमा वितरण गर्ने बताए ।
विवाह पञ्चमीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी समेत आदित्य नाथ जन्ती बनेर जनकपुर आउने तयारीमा छन् । विवाहपञ्चमीमा २ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ ।  यसवर्षको विवाहपञ्चमी मंसिर २६ गते परेको छ । 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ