शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्मलाको हत्यारालाई कारबाहीको माग गर्दै महेन्द्रनगरमा मानव सांग्लोसहित प्रदर्शन

बिहीबार, २० मङ्सिर २०७५, १६ : ४६
बिहीबार, २० मङ्सिर २०७५

कञ्चनपुर– कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बिहिबार महेन्द्रनगर बजारमा मानव सांग्लोसहित प्रदर्शन गरिएको छ । 

नागरिक संघर्ष समितिको पूर्व निर्धारित कार्यक्रम अनुसार  मानव सांग्लोसहित प्रदर्शन गरेको हो । 

महेन्द्रनगरको भानु चोक,  ट्राफिक चोक, मदन चोक, जिल्ला प्रशासन आगाडि प्रदर्शन गरिएको थियो । 

गत साउन १० गते पन्तको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो । 
पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै निरन्तर दवाव अभियान चल्दै आएपनि प्रहरी अझैं अभियुक्तसम्म पुग्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप