शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा विधायन व्यवस्थापन समिति : अध्ययन अनुसन्धानको कार्यविधि तय

बिहीबार, २० मङ्सिर २०७५, १५ : ५८
बिहीबार, २० मङ्सिर २०७५

काठमाडौं– संघीय संसद राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिले समितिमा पेश भएका विधेयकको मात्रै अध्ययन अनुसन्धान गर्ने कार्यविधि तय गरेको छ । समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले ‘ऐन कार्यान्वयन मापन तथा अध्ययन अनुसन्धान कार्यविधि, २०७५’ माथि छलफल गर्दै समितिमा पेश भएका विधेयकमात्रै अध्ययन अनुसन्धान गर्ने निष्कर्ष निकालेको हो । 

बैठकमा समितिका सदस्यहरुबीच सरकारले संघीय संसदमा पेश गरेको विधेयक पनि अध्ययन गर्नेकि समितिमा मात्रै पेश गरिएको विधेयक मात्रै अध्ययन गर्ने भन्नेमा मत बाझिएको थियो ।  सोही सम्बन्धमा आवश्यक छलफल गरी सरकारले समितिमा पेश गरेको विधेयकमात्रै अध्ययन गर्ने निष्कर्ष निकालिएको समितिका सभापति परशुराम मेघी गुरुङले जानकारी दिए ।

समितिले विधेयक अनुसन्धानका लागि संघीय संसद सचिवालयका पदाधिकारी र समितिका कर्मचारीलाई पनि परिचालन गर्ने सक्ने कार्यविधि पनि बनाएको छ । विज्ञहरुलाई पनि विधेयक अनुसन्धानको छलफलमा सहभागी गराउने व्यवस्था पनि कार्यविधिमा गरिएको समितिका सभापति गुरुङले बताए ।

बैठकका समितिका सदस्यहरुले संविधान प्रतिकूल रहेका कानुन संशोधनका लागि सरकारलाई सचेत गराउनुपर्नेमा पनि जोड दिएका थिए । समितिका सदस्य वृशेषचन्द्र लालले कानुन निर्माणको काममा सरकारलाई सचेत गराउने कार्यविधि पनि समितिले तय गर्नुपर्ने आवश्यक्ता औंलाए । 

ऐन, कार्यान्वयन मापन तथा सोसम्बन्धि राष्ट्रिय अभिलेख राख्न पाउने क्षेत्राधिकार तोकिएको सो समितिले त्यसलाई व्यवस्थित ढंगले अघि बढाउन कार्यविधि तय गरेको हो । कार्यविधिमा ऐनहरुबीच देखिएको 
 दोहोरोपनालाई हटाउन आवश्यक कार्य गर्ने पनि उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप