केन्द्रीय संस्करण

विकास बैंक र फाइनान्स कम्पनीलाई स्प्रेडदर घटाउन समय थप

person access_timeमंसिर २०, २०७५ chat_bubble_outline0

काठमाडौं–नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीको निक्षेपमा दिने र ऋणमा लिने ब्याजदरको अन्तर (स्प्रेडदर) घटाउनु पर्ने सयम थप गरेको छ ।
 

राष्ट्र बैंकले बिहिबार निर्देशन जारी गर्दै स्प्रेडदर तोकिएको सिमा भित्र ल्याउने समय थप गरेको हो । 

ष्ट्रिय स्तरको विकास बैंक र फाइनान्स कम्पनीको हकमा पुस मसान्त सम्ममा स्प्रेडदर ५ प्रतिशतमा झार्नुपर्ने बताएको छ । 

 यसअघि असोज मसान्तसम्मको समय तोकिएको थियो । यसै गरी राष्ट्रिय स्तर बाहेकका विकास बैंक र फाइनान्स कम्पनीले भने २०७६ असार मसान्तसम्म स्पेडदर पाँच प्रतिशतमा झार्नु पर्नेछ । 

यसैगरी अब देखि बैंक तथा वित्तिय संस्थाहरुले सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि बमोजिम प्रवाह गरेको ऋणलाई सिसिडी गणनाबाट घटाउन सकिनेछ । यसअघि यो राष्ट्र बैंकको त्रैमासिक समिक्षामा घोषणा भइसकेको  थियो ।
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ