मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सँस्कृतिक कार्यक्रमको लागि पशुपति शर्मा र देवी घर्ति युएई आउने

मङ्गलबार, १० साउन २०७४, २२ : १३
मङ्गलबार, १० साउन २०७४

लक्ष्मण खनाल
 युएइ –स्याङ्गजा सहयोग समाज युएईको आयोजनामा आगामी अगस्त २५ मा हुन गइरहेको तिज बिषेश साँस्कृतिक कार्यक्रमको लागि चर्चित गायक÷ गायिका पशुपति शर्मा र देवी घर्ति युएई आउने भएका छन ।


कार्यक्रमको लागि आवश्यक बैधानिक प्रक्रिया , प्रस्तुती दिने कालाकारको लागि अनुमती, कलाकारको भिषा टिकट लगायत सम्पुर्ण प्रक्रिया सकिएको समाजका अध्यक्ष खगेन्द्र गैरेले बताए । कार्यक्रम बरदुबई स्थित होलिडे इन होटलमा हुन गइरहेको छ । कार्यक्रम एभरेष्ट मिडिया एलएलसीको सहकार्य रहेको पनि समाजले जानकारी गराएको छ ।


कार्यक्रममा युएईमा क्रियाशिल नेपाली कलाकारहरुको पनि विभिन्न प्रस्तुतीहरु रहनेछन । समाजले विभिन्न समयमा यस्तै सामाजिक साँस्कृतिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप