शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हाईपोथेसिस तथ्याँक संकलन नगरौँ : मन्त्री सोनल

बिहीबार, २० मङ्सिर २०७५, १५ : ०९
बिहीबार, २० मङ्सिर २०७५

जनकुपर– प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले समाजको वास्तविक तथ्याँक संकलन भएमा मात्रै बनाएको योजना र बजेटले कार्यान्वयनमा प्रभावकारी हुने बताएका छन् ।
बिहिबार जनकपुरमा राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा आयोजित प्रदेशस्तरीय अन्तरक्रिया गोष्ठीमा बोल्दै भौतिक पूर्वाधार तथा विकास मन्त्री सोनलले सो कुरा बताएका हुन् ।

मन्त्री सोनलले तथ्याँकले देशको मानचित्रलाई स्पष्ट पार्ने हुनाले काल्पनिक तथ्याँक सार्वजनिक हुँदा समाजमा गलत प्रभाव पारेको बताए । उनले विगतमा गरिएको तथ्याँक संकलन गलत भएको बताउँदै समाजमा रहेको विविधताहरुको वास्तविक तथ्याँक संकलनलाई सहज बनाउनतर्फ केन्द्रीय तथ्यांक विभागको टोलीलाई आग्रह गरेका छन् ।

केन्द्रीय तथ्यांक विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री सोनलले समाजिक, सांस्कृतिक सभ्यता, भाषिक, धर्मान्तरण लगायतका विषयलाई उच्च प्राथमिकतामा राखेर तथ्याँक संकलन गर्न जोड दिए । उनले यसरी तथ्याँक संकलनमा ध्यान दिएमा सरकारी तथ्याँकमाथि लाग्ने गरेको गलत आरोप आफंै खारेज हुने बताए । उनले समाजमा रहेका साना साना कुरामाथि समेत ध्यान दिएर देशको तथ्यांक संकलन गर्न सुझाव दिए ।  

अर्को एक प्रसंगमा मन्त्री सोनलले चुरे क्षेत्रको विनासले नेपाल, भारत र बंगलादेशसहित ३ देशको भू–भागमा वातावरण, मरुभूमिकरण र भविष्यमा मानवीय संकट देखापर्ने भन्दै उनले चिन्ता व्यक्त समेत गरे । कार्यक्रममा प्रदेश नम्बर २ का नीति आयोगका सदस्यद्वय डा.सुरेन्द्र झा र राजकुमार लेखी, जिल्ला समन्वय समिति धनुषाका सभापति रामदेव बनरैत, जनसंख्या शाखा केन्द्रीय तथ्याँक विभागका निर्देशक ढुण्डीराज लामिछानेले परिपत्र प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप