बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

युएईमा पिडित १४जना नेपाली फर्किए , ‘दलाललाई कारवाही सकिएन’ –दुतावास

मङ्गलबार, १० साउन २०७४, २२ : ०९
मङ्गलबार, १० साउन २०७४

लक्ष्मण खनाल 

युएई– भिजिट भिषामा दलालले युएई ल्याएर अलपत्र १९ जना नेपाली युवाहरु मध्य १४ जना मंगलबार नेपाल फर्किएका छन ।
उनीहरु एअर अरेवियाको दिउँसो २ः४५ को उडानबाट नेपाल फर्किएका हुन । ठमेलमा रहेको अर्थलाइन र क्रोमोज ट्राभल्समार्फत दुइलाख देखि तिनलाख असीहजारसम्म तिरेर भिजिट भिषामा युएई आएका थिए ।  युएईमा रहेको दलालले विभिन्न धम्की र मानसिक यातना बाट पिडित थिए । पटक पटक नेपाल फर्काउने बाचा गरे पनि विभिन्न बाहानामा दलालले टार्दै आएको थियो । 
 
चौतर्फी दवावपछि दुतावासको रोहवरमा दलाल र पिडित विच सहमती भएको र सोही सहमती अनुसार उनीहरु नेपाल फर्किएका हुन ।उक्त पिडितहरुले दालाललाई कारबाही गर्न आग्रह गर्दा कारवाही गर्न नसकिने दुतावासले जनाकारी गराएको छ ।


अबैधानिक तवरले युएईमा नेपालीहरु ल्याएर अलपत्र पार्ने दलाललाई कारबाही गर्नुपर्ने युएईमा क्रियाशिल विभिन्न संघसंस्थाहरुले बताएका छन । 
भिजिट भिषामा ल्याएर नेपाली अलपत्र पार्ने क्रम झन बढ्दै गए पनि नेपाली संघसंस्था प्रतिनिधिहरु दुतावास पुगेर कार्यबहाक राजदुत नेत्र टंडनलाई भेटी १९ जना अलपत्र पार्ने प्रेम पाण्डेलाई कारवाही गर्नुपर्ने कुरा राखेका थिए । जवाफमा राजदुतले पिडकलाई पहिल्यै कारवाही गरेको भए पिडितहरुको उद्दारमा समस्या हुने कुरा बताएको उक्त भेटमा सहभागी नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज वस्यालले बताए । 

कारवाहीका लागि आवश्यक स्रोत र साधन नभएको पनि राजदुतले बताएको छ ।दलाललाई कारवाही गर्नुर्ने भन्दै दुतावास पुग्ने हरुमा नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज वस्याल, जनसम्पर्क समिति युएईका अध्यक्ष खेमराज बस्नेत, प्रवासी नेपाली मञ्चका अध्यक्ष श्याम कँडेल, नेपाली जनप्रगतिशिल मञ्चका दिपक न्यौपाने, एनआरएन युएईका उपाध्यक्ष रविरमण अधिकारी रहेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप