शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सकियो ‘गीत गजल’ को छायाँकन

बिहीबार, २० मङ्सिर २०७५, १३ : २६
बिहीबार, २० मङ्सिर २०७५

काठमाडौं – नितिन चन्दको निर्देशन रहेको चलचित्र ‘गीत गजल’को छायाँकन सकिएको छ । एक गीत बाँकी राख्दै निर्माण युनिटले चलचित्रको छायाँकन प्याकअप गरेको हो । ३५ दिनमा चलचित्रको काम सकिएको निर्देशक चन्दले जानकारी दिए ।

आरोहण प्रोडक्सनको ब्यानरमा आरोहण क्षेत्री निर्माता रहेको चलचित्रमा रुप पोखरेल, आरोही सिंह, रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनाली लगायत कलाकारको अभिनय रहेको छ । ‘गीत गजल’ बाटै रुप र आरोहीले अभिनयमा डेब्यु गर्न लागेका हुन् । 

कथा, पटकथा तथा संवाद अस्मित पोखरेल, मुख्य सहायक निर्देशक सुदीप कुँवर, छायाँकन बाबु श्रेष्ठ, संगीत अर्जुन पोखरेल र नृत्य कविराज गहतराजको रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन रहेको छ । चलिचित्र छिट्टै प्रदर्शनमा ल्याइने निर्माण युनिटले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप