शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रसाद’ को प्रिमियरमा नम्रता र विपिनको तारिफ

बिहीबार, २० मङ्सिर २०७५, १३ : २०
बिहीबार, २० मङ्सिर २०७५

काठमाडौं– भोली शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रसाद’ को बुधबार साँझ प्रिमियर गरिएको छ । राजधानीको कमलपोखरीस्थित विग मुभिजमा गरिएको प्रिमियरमा कलाकार तथा पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियरमा चलचित्रका मुख्य पात्र विपिन कार्की र नम्रता श्रेष्ठको अभिनय धेरैले मन पराए । विषयबस्तु राम्रो लागेको केहीले बताउँदा चलचित्र अलि स्लो भएको समेत प्रक्रिक्रिया दिने भेटिए । मनोरन्जनका खुराक चलचित्र कम भएको समेत केहिले प्रतिक्रिया दिए ।

दिनेश राउतको निर्देशन, सुशील पौडेलको लेखन रहेको चलचित्र सुवास थापाले निर्माण गरेका हुन् ।  नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेतको मुख्य भूमिका रहेको चलचित्रले अन्तरजातीय प्रेम विवाह गर्ने एक जोडीको सन्तान नहँुदा आइपर्ने उतार चढाप देखाउन खोजेको छ । 

प्रिमियरमा भुवन केसी, केशव भट्टराई, दीपेन्द्र के.खनाल, दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरेलगायत पुगेका थिए ।  प्रिमियरमा अभिनेत्री नम्रता श्रेष्ठ, निश्चल बस्नेत, निर्देशक राउत, लेखक पौडेल उपस्थित भएपनि मुख्य अभिनेता बिपिन कार्की देखिएन् । विपिन खट्टा फ्याक्चर भएर बेड रेस्टमा रहेका कारण उपस्थित हुन नसकेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप