शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फोर्ब्स सूचीः भारतका सबैभन्दा धनी सेलिब्रिटी हुन् सलमान खान, रणबीरभन्दा दीपिका धनी

बिहीबार, २० मङ्सिर २०७५, १३ : ०३
बिहीबार, २० मङ्सिर २०७५

फोर्ब्सले सबैभन्दा धेरै कमाउने भारतीय सेलिब्रिटीको सूची सार्वजनिक गरेको छ । यो सूची सन् २०१७ अक्टोबरदेखि सन् २०१८ सेप्टेम्बर ३० का बीच सेलिब्रिटीको कमाईको आधारमा तयार गरिएको हो ।

फोर्ब्सले धेरै कमाई गर्ने भारतीय सेलिब्रिटीको सयजनाको सूची तयार गरेको छ जसको शीर्ष स्थानमा सलमान खान छन् । ५२ वर्षे यी नायकको सन् २०१७ सम्ममा २३२.८३ करोड भारु कमाएका थिए जुन सन् २०१८ मा बढेर २५३.२५ करोड भारु पुगेको छ । सलमान खान लगातार तेस्रो पटक यो सूचीको शीर्ष स्थानमा छन् ।  

दोस्रो स्थानमा छन् विराट कोहलीः

३० वर्षे यी क्रिकेट खेलाडीको गत वर्षको कमाई १००.७२ करोड बढेर यसवर्ष २२८.०९ करोड भारु पुगेको छ ।

तेस्रो स्थानमा अक्षय कुमारः

५१ वर्षे अक्षय कुमारको कमाई गत वर्ष ९८.२५ करोड थियो । यो वर्ष उनको कमाई १८५ करोड पुगेको छ ।

चौथो स्थानमा दीपिकाः

३२ वर्षे नवविवाहित नायिका दीपिका पादुकोणको कमाई गत वर्षको तुलनामा लगभग दोब्बर वृद्धि भएको छ । सन् २०१७ मा उनको कमाई ५९.४५ करोड थियो भने यसवर्ष ११२.८० करोड पुगेको छ ।

पाँचौं स्थानमा महेन्द्र सिंह धोनीः

३७ वर्षे धोनीको कमाईमा पनि उल्लेख्य वृद्धि भएको छ ।  एक वर्षअघि उनको कमाई ६३.७७ करोड थियो जुन बढेर यसवर्ष १०१.७७ करोड पुगेको छ ।

छैटौं स्थानमा आमिर खानः

नायक आमिर खान ९७.५० करोड भारुको कमाइसँगै यो सूचीको छैटौं स्थानमा छन् । गत वर्ष उनको कमाई ६८.७५ करोड थियो ।

सातौं स्थानमा अमिताभ बच्चनः

७६ वर्षे अमिताभ बच्चनको कमाई पनि एक वर्षमा दोब्बर बढी वृद्धि भएको छ । गत वर्ष उनको कमाई ४०.०० करोड भारु थियो भने यस वर्ष ९६.१७ करोड भारु पुगेको छ ।

आठौंमा रणबीर सिंहः

दीपिका पादुकोणसँग भर्खरै विवाह गरेका ३३ वर्षे रणबीर सिंह यो सूचीको आँठौं स्थानमा छन् । गतवर्ष उनको कमाई ६२.६३ करोड थियो भने यस वर्ष ८४.६७ करोड पुगेको छ ।

सचिन तेन्दुल्कर नवौं स्थानमाः

गत वर्ष ८२.५० करोड कमाई भएका सचिन तेन्दुल्करको यस वर्ष घटेर ८०.०० करोड पुगेको छ ।

दशौं स्थानमा अजय देवगनः

गत वर्ष ४८.८३ करोड सम्पत्ति भएका ४९ वर्षे अजय देवगनको सम्पत्ति यसवर्ष ७४.५० करोड पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप