बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन क्यानडामा दिनेश घिमिरे र माधव दुलाल बिजयी

मङ्गलबार, १० साउन २०७४, २१ : ५२
मङ्गलबार, १० साउन २०७४

क्यानडा – गैर आवसिय नेपाली संघ क्यानाडाको एनसिसी (२०१७ – १९) सदस्यका लागि क्यालगरीमा आज भएको निर्वाचनबाट दिनेश घिमिरे र माधव दुलाल बिजयी भएका छन । 
क्यालगरीमा २ सदस्यका लागि ३ जनाको उमेदवारी परेको थियो ।
जसमा घिमिरेले २ सय ८३ र माधव दुलालले २ सय ७० मत प्राप्त गरि बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दि कुशुम ज्ञवालीले १ सय ४३ मत प्राप्त गरेका थिए ।
निर्वाचित घिमिरे क्यालगरी नेपालीज कम्युनिटी एशोसियसनका उपाध्यक्ष हुन भने दुलाल नेपाली कम्युनिटी सोसाइटी अफ क्यालगरीका पुर्व कार्यक्रम संयोजक हुन ।

क्यालगरीका लागि एनआरएन निर्वाचन २०१७ का निर्वाचन आयुक्त राजेन्द्र गौतमले विजयी द्धयलाई अविर लगाई विजयी भएको घोषणा गरेका थिए ।
क्यालगरीमा रहेका ४ सय ९८ कुल मतदाता मध्ये ४ सय १६ जनाले मतदानमा भाग लिएका थिए भने १ मतपत्र बदर भएको थियो । शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन टोलीलाई नेपलीज कम्युनिटी सोसाइटी अफ क्यालगरीका अध्यक्ष धुव्र राई र क्यालगरी नेपालीज कम्युनिटी एशोसियसनका अध्यक्ष हरिबोल शर्माले धन्यावाद ज्ञापन गरेका थिए ।

त्यस्तै निर्वाचनमा वाँफ,ओकोटोकस, मेडिसिन हाइट लगायतका स्थानबाट सहभागिता रहेको थियो। निर्वाचन टोलीका सचिव ज्ञानेन्द्र पोखरेलले मतदाताहरुको उत्साहजनका सहभागिता रहेको भन्दै खुशी व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप