बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अभिनेत्री सिर्जनाले कसिन् लगनगाँठो

बिहीबार, २० मङ्सिर २०७५, १२ : ०३
बिहीबार, २० मङ्सिर २०७५

काठमाडौं – रंगकर्मी तथा अभिनेत्री सिर्जना सुब्बाले बैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बुधबार पदम लिम्बुसँग लगनगाँठो कसेकी हुन् ।

बैबाहिक समारोह मोरङको उर्लावारीमा आयोजना गरिएको थियो । लिम्बू संस्कार अनुसार उनले पदमसँग लगनगाँठो कसेकी हुन् । 

केही वर्षयता अफेयर्समा रहेका सिर्जना र पदमबीच विवाहका केही तस्बिर सामाजिक सञ्जाल फेसबुकबाट बाहिरिए पछि बिबाहको सार्वजनिक भएको हो । 

करिब दशक बढी समयदेखि रंगमञ्चको क्षेत्रमा क्रियाशील अभिनेत्री सिर्जनाले केही नेपाली फिल्ममा पनि अभिनय गरेकी छन् । पछिल्लो समय अनामनगरस्थित मण्डला थियटरमा आवद्ध रहेर नेपाली रंगमञ्चमा सक्रिय रहँदै आएकी सिर्जनाले नेपालीलगायत दर्जनौँ लिम्बू भाषाको गीत तथा फिल्महरुमा अभिनय गरेकी छन् । 

पदम निर्देशक नविन सुब्बाका भाई हुन् । पदम पनि फिल्म क्षेत्रसँग आवद्ध छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप