शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरका बालिकालाई आत्मरक्षा सीप

बिहीबार, २० मङ्सिर २०७५, ११ : ५७
बिहीबार, २० मङ्सिर २०७५

भक्तपुर – भक्तपुरका बालिकाहरुलाई आत्मरक्षा सीप प्रदान गरिएको छ । बलात्कार र महिला हिंसाका घटना बढ्दै गएपछि सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रभित्रका बालिकाहरुलाई आत्मरक्षा सीप प्रदान गरेको हो । 

नगरपालिकाको आर्थिक सहयोगमा सुर्यविनायक नगरस्तरिय बाल कल्याण समिति र गैरसरकारी संस्थाले दुईदिने बालिका सम्मेलनको आयोजना गरी आत्मरक्षा सम्बन्धी सीप प्रदान गरिएको नगरपालिकाका प्रमुख बासुदेव थापाले जानकारी दिए ।

त्यसक्रममा नगरपालिकाका १० वटै वडाका ११ देखी १९ बर्ष उमेर समुहका बालिकाहरुको सहभागिता रहेको थियो ।

 प्रमुख थापाले नगरपालिकाले महिला, बालबालिका र जेष्ठ नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर बजेट समेत बिनियोजन गरेकाले बालिकाहरुको हकहितमा नगरपालिका सक्रिय भएर कार्य गर्ने बताए ।
नगरपालिकाका प्रमुख वासुदेव थापाले नगर क्षेत्रमा बालिका तथा किशोरीलाई हिंसाबाट जोगाउन र हिंसारहित नगर बनाउने लक्ष्यका साथ आत्मरक्षाको सीप प्रदान गरेको बताए ।
बालिका सम्मेलनले ९ बुँदे घोषणापत्र एवम् प्रतिबद्धतापत्र पनि जारी गरेको छ ।

 प्रतिबद्धतापत्रमा नगर क्षेत्रका बालिका तथा किशोरीहरुमा हुने सबै प्रकारका यौनजन्य दुव्र्यवहार, हिंसा एवम् विभेद सामाजिक कुसंस्कार र हानिकारक मान्यता भएकाले यस्तो कार्यको नियमन, नियन्त्रण गर्ने लगायतका प्रतिबद्धता गरिएको छ । 

स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान
सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । नगरक्षेत्रमा लामो समयदेखि सेवा पु¥याउने अवकाशप्राप्त र उत्कृट महिला स्वास्थ्य स्वयंसेविकालाइ नगद, प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप