शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कालिका माइक्रोफाइनान्सले ८.४२ प्रतिशत लाभांश वित्तरण गर्ने

बिहीबार, २० मङ्सिर २०७५, ११ : ४७
बिहीबार, २० मङ्सिर २०७५

काठमाडौं–कालिका लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश दिने भएको छ । 

कालिकाले ८ प्रतिशत बोनस सेयर र सो बोनस सेयरका लागि लाग्ने लाभांश कर तिर्नका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

 कम्पनीले राष्ट्र बैंक र आफ्नो साधारणसभा बाट स्विकृत गराएपछि सो लाभांश लगानीकर्तालाई वित्तरण गर्नेछ । 

कालिकाको हालको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । यो बोनस सेयर बित्तरण पछि चुक्ता पुँजी १० करोड ८० लाख रुपैयाँ पुग्नेछ । 

लघुवित्तले चालु आवमा १२ लाख ४२ हजार खुद नाफा कमाएको थियो  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप