शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अर्बौंकी मालिक ओप्रा विनफ्रे: ९ वर्षमा बलात्कृत, १४ वर्षमा गर्भवती

बिहीबार, २० मङ्सिर २०७५, ११ : ३६
बिहीबार, २० मङ्सिर २०७५

एजेन्सी – अभिनेत्री तथा निर्मात्री ओप्रा विन्फ्रेको ६४ वर्षकी भइन् । सन् १९५४ जनवरी २९ मा अमेरिकास्थित मिसिसिपिको किन्जिस्को भन्ने शहरमा जन्मिएकी ओप्राको जीवन प्रेरणादायी छ । अमेरिकाको सबैभन्दा धनी व्यक्तिहरुको सूचिमा उनको नाम पनि पर्छ । करीब १८ हजार करोड सम्पत्तिको मालिक ओप्रा सफल महिला हुन् । उनको जीवन धेरै महिलाका लागि प्रेरणा र उर्जाको स्रोत हो । संसारकै विकशित मुलुक अमेरिकाकी एक सफल महिलाले जीवनका यात्राहरुमा भोगेका भोगाइहरु पनि त्यति सजिलो छैन । 

संसारकै एकमात्र ‘काला जाति’की महिला जसले विश्वकै अरबपतिको पंक्तिमा आफूलाई उभ्याउन सफल भएकी छिन् । वास्तविक नाम ‘ओफरा’ भएपनिे गलत उच्चारणले गर्दा ओप्रा रहन गएको थियो । तर त्यही नामले आज उनलाई संसारमा परिचित गरायो । 

करोडौँकी मालिक ओप्रा क्यालिफार्नियामा ४२ एकड जमिनमा फैलिएको सुन्दर महलमा बस्छिन् । त्यसैगरी उनको न्यू जर्सी, कान्लोराडो, हवाई, शिकागो, फ्लोरिडा जस्ता शहमा पनि आलिशान महल छ । 

एकल आमाकी छोरी 

ओप्राकी आमाले उनलाई एक्लै हुर्काएकी थिइन् । उनको पिताको नाम वेरनान विन्फ्रे हो । ओप्राको जन्म भएपछि उनकी आमाले उनलाई लिएर माइत गइन् र विवाह नै नगरी उनको हेरविचारमा लागिन् । तर मामाघरमा ओप्राले गरिबी र अभावको सामाना गर्नुपर्यो । त्यहाँ उनले छ वर्ष काटिन् । 

बालापनमै यौनशोषणको सिकार 

 

 

ओप्राको बालापन गरिबीमा नै बित्यो । छ वर्षसम्म एक जोडी चप्पलसमेत लगाउन पाइनन् । गरिबी र अभावकाबीच उनले अर्को दर्दनाहक घटनाको सामना गर्नुपर्यो । उनले एउटा अन्तरवार्तामा भनेकी छिन्, ‘म नौँ वर्षको थिए । नौँ वर्षको उमेरमा नै परिवार भित्रकै सदस्यबाट बलात्कारको सिकार भए ।’

१४ वर्षमा गर्भवती 

चार वर्ष लगातार यौन शोषणको सिकारमा परेकी ओप्राले १३ वर्षमा घरबाट भाग्ने योजना बनाइन् र सफल पनि भइन् । लामो समय बलात्कारको सिकार भएकी ओप्रा घरबाट भाग्दा नै गर्भवती भएकी थिइन् । उनले छोरा जन्माइन् तर छोरा बाँच्न सफल भएनन् । 

नेसनल टीभीमा देखिँदा 

 

 

उनले सन् १९८६ मा अमेरिकाको नेशनल टेलिभिजनमा ‘द ओप्रा विन्फ्रे शो’को होस्ट गर्न सुरु गरिन् । उक्त कार्यक्रम लोकप्रिय बन्न सफल भयो । सेलिब्रेटीको अन्तरवार्तामा आधारित कार्यक्रमले ओप्राको जीवनमा नयाँ मोड ल्याइदियो । उक्त कार्यक्रम उनको सफल जीवनको पहिलो खुट्कीलो सावित भयो ।  

मेधावी ओप्रा 

बहुप्रतिभाकी धनी ओप्रा कार्यक्रम सञ्चालिका मात्र नभई राम्रो प्रस्तोता, अभिनेत्री र निर्मात्री पनि हुन् । उनले पाँचवटा पुस्तक पनि लेखेकी छिन् । साथै उनका म्यागाजिन ‘ओ’ विश्वमै चर्चित छ । हलिउड केहि फिल्ममा अभिनयसमेत गरेकी ओप्राको वेबसाइट oprah.com हो ।

अविवाहित जीवन

उच्च शिक्षा हासिल गर्ने क्रममा प्रेममा परेकी ओप्रोले थुप्रै प्रेम पत्र लेखेको बताउँछिन् । एक–अर्काको जीवनभर साथ चाहाने उनीहरुको सम्बन्धमा ओप्राको सपना बाधक बन्यो । उनको प्रेमी अन्थोनी ओटीले उनका सपनाहरु पूरा गर्न नसक्ने भन्दै प्र्रेम दिवसकै दिनमा उनीसँग सम्बन्ध तोडे । त्यसलगत्तै ओप्रा विलियम्स टेलरको प्रेममा परिन् । तर प्रेम लामो समय टिक्न सकेन । उनले एक अन्तरवार्तामा जीवनभर भुल्न नसक्ने बताएकी छिन् । सन् १९७० मा उनी फेरि जोन टेससँग सम्बन्धमा बाँधिइन् । तर टेसले उनलाई धोका दिएको थाहा पाएपछि उनीसँगको प्रेम पनि सफल हुन सकेन । उनी धेरैवटा प्रेमसम्बन्धमा रहिन् तर उनको कुनै पनि सम्बन्धले विवाहको रुप लिन सकेन । 

हाल के गर्दैछिन्  ?

‘द ओप्र्रा विन्फ्रे शो’ होस्ट गरेकी ओप्रा अहिले आफ्नै ‘प्रोडक्शन हाउस’ चलाउँछिन् । साथै उनी ‘ओप्रा विन्फ्रे नेटवर्क’ की अध्यक्ष हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप