मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

दिवङ्गत पितृले मोक्ष पाउने विश्वासमा छरियो शतबीज (फोटोफिचर)

बिहीबार, २० मङ्सिर २०७५, ०८ : ४९
बिहीबार, २० मङ्सिर २०७५

काठमाडौँ — मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । 

बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ ।

हेमाद्रीलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको सय गेडा छर्ने विधि भए पनि हाल कतिपयले मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रुपमा छर्ने गरेका छन् । 

त्रयोदशी राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ । पशुपति क्षेत्रको विशेषगरी मृगस्थली, विश्वरुप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाटलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने भक्तजनको भीड लागेको छ । 

यस वर्ष बाला चतुर्दशीको मेला भर्न पशुपति क्षेत्रमा आएका भक्तजनलाई चिसो नहोस् भनी पशुपति क्षेत्र विकास कोषले त्रिपालको व्यवस्था गरेको सदस्य–सचिव डा प्रदीप ढकालले बताए । 

यस वर्षदेखि यो नयाँ व्यवस्था गर्दा रातभर दीपदान गरेर बस्नेलाई सुविधा पुगेको थियो । विगत वर्षमा त्रिपालको समेत व्यवस्था नहुँदा श्रद्धालु भक्तजन चिसोले कठ्याङ्ग्रिने गरेका थिए । 

पशुपतिसँगै उपत्यकाका गोकर्णेश्वर, वसन्तपुरस्थित हनुमानढोका दरबार अघिको सानो पशुपतिनाथ भनेर चिनिने शिवालयलगायत देशभरका शिव मन्दिरमा भक्तजनले दिवङ्गत पितृका नाममा शतबीज छरेका छन् ।

बाला चतुर्दशीका दिन पशुपति क्षेत्रमा आउने भक्तजनले वासुकी र गुह्येश्वरी मन्दिरमा पनि पूजा गर्ने गर्दछन् । शतबीज छेरर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व समाप्त हुन्छ । 

त्यस्तै, पशुपतिनाथमा आएका भक्तजनहरुले सौचालय नहुँदा समस्या खेप्नु परेको छ । बालाचतुर्दसिमा आएका भक्तजनहरुलाई सौचालयको मुख्य समस्याका कारण सास्ती ब्यहोर्नुपरेको छ । 

कुलेस्वर निवासी सबिन भट्टराईले भने —यो दिनमा पसुपतिमा यतिधेरै मान्छेहरू आउँछन् भन्ने जानेका बिकास कोसले अस्थायी  सौचालयको ब्यब्स्था गर्नुपर्दथ्र्यों । त्यस्तै, पशुपतिनाथमा आएका केहि बृद्धबृद्धाले त लाईन बसैकै भिडमा पनि सौचालयको समस्याका कारण पिसाव फरेको देखिएको थियो ।  


केहि भक्तजनले राजधानीको पशुपतिनाथभित्रै पनि एउटा सार्वजनिक शौचालयको व्यवस्था राम्ररी गर्न नसक्ने भनि आलोचना समेत गरे । हिन्दु धर्मको लागि चाहि वास्तै नगर्ने तर, विदेशी धर्मको लागि भने त्यत्रो तामझाम गर्ने भन्दै सरकारको आलोचनासमेत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप