विज्ञानको चमत्कारः संसारमा पहिलो पटक मृत महिलाको गर्भाशयबाट जन्मियो बच्चा
जेम्स गेलहर/ बीबीसी
कुनै व्यक्तिको मृत्यु भएपछि उसका अंगलाई जिउँदा व्यक्तिहरुको शरिरमा प्रत्यारोपण गरिनु निकै सामान्य कुरा हो ।
तर मृत महिलाको गर्भाशय जिउँदो महिलामा प्रत्यारोपण गरिएको यो संसारकै पहिलो घटना हो । यतिमात्र होइन, यो गर्भाशय लिने महिलाले एक स्वस्थ छोरीलाई समेत जन्म दिएकी छिन् ।
ब्राजिलको साओ पालो शहरमा सन् २०१६ मा मृत महिलाको शरिरबाट गर्भाशय निकालेर अहिले आमा बनेकी महिलाको शरिरमा प्रत्यारोपण गरिएको थियो ।
१० घण्टासम्म चलेको उक्त प्रत्यारोपणपछि ती महिलाको प्रजनन क्षमताको पनि उपचार गरियो ।
यसअघि पनि मृत्यु भइसकेका महिलाको गर्भाशय प्रत्यारोपण गर्न कोसिस नगरिएको होइन तर सबै शल्यक्रिया कि त असफल भए कि महिलाको गर्भपतन भयो ।
कसरी सफल भयो यो शल्यक्रिया ?
जुन महिलाको गर्भाशय लिइयो ती तीन सन्तानकी आमा थिइन् र उनको दिमागमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको थियो ।
यस्तै, गर्भाशय पाउने महिला भने मेयेर–रोकिटान्स्की–होजर सिन्ड्रोमबाट पीडित थिइन् जुन हरेक साढे चार हजार महिलामध्ये एक महिलामा पाइन्छ ।
यस्तो रोग लागेका महिलाको योनी र गर्भाशय सही तरिकाले विकसित हुन पाउँदैन । तर, यी महिलाको ओभरी (अण्डाशय) भने ठिक थियो ।
डाक्टरले आमा बनेकी महिलाको शरिरबाट अण्डा निकालेपछि त्यसलाई पिता बन्ने व्यक्तिको शुक्रकिटसँग फर्टिलाइज (निषेचन) गराए ।
त्यसपछि महिलालाई यस्तो औषधी दिइयो जसले उनको रोग प्रतिरोधी क्षमतालाई कम गर्दथ्यो ।
रोग प्रतिरोधी क्षमता राम्रो हुँदा उनको गर्भाशय शरिरमा राम्रो तरिकाले व्यवस्थित गराउन बाधा उत्पन्न हुनसक्थ्यो ।
त्यसको ६ हप्तापछि महिलाको महिनावारी सुरु भयो ।
त्यसपछि सात महिनापछि फर्टिलाइज्ड अण्डालाई महिलाको गर्भाशयमा राखियो ।
र सन् २०१७ डिसेम्बर १५ तारिखमा गर्भाशय पाउने महिलाले शल्यक्रियामार्फत २.६ किलोग्रामकी स्वस्थ बालिकालाई जन्म दिइन् ।
लण्डनस्थित इन्पेरियल कलेजसँग सम्बन्धित डा. सरदजान सासोले यो उपलब्धि निकै उत्साहजनक भएको बताए ।
उनी भन्छन्, ‘यसपछि अब सम्भावित दानकर्ताको संख्या बढनेछ र यसमा खर्च पनि कम हुनेछ । यसले जीवित व्यक्तिको गर्भाशय प्रत्यारोपणको क्रममा आउने जोखिमबाट बचाउन सहयोग गर्नेछ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा