शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दिबासमा अन्तर्राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको मनाइयो

बुधबार, १९ मङ्सिर २०७५, १८ : २४
बुधबार, १९ मङ्सिर २०७५

बर्दिबास– १५ औं अन्तर्राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा बुधवार महोत्तरीको बर्दिवासमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । बर्दिबासको १४ वटै वडामा खटिएका ७२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुले र्याली, अन्तरक्रिया गरेर यो दिवस मनाएका हुन् । महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवाः स्वास्थ्य, समृद्धि राष्ट्र निर्माणमा टेवा’ भन्ने मुल नाराका साथ कार्यक्रम गरेर दिवस मनाएको हो । 

स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा महिला स्वयम् सेविकाले आफूहरुले निस्वार्थ रुपमा काम गरेपनि आफूहरुलाई समाजले हेर्ने दृष्टीकोण पूर्ण रुपमा सकारात्मक बन्न नसकेको बताए । उनीहरुले नेपाल सरकारले आफूहरुलाई पेन्सन र मासिक तलव सुविधा दिनुपर्ने कुरामा जोड दिए ।

काम गरेको लामो समय भैसक्दा पनि  राज्यबाट खासै सुविधा नपाएको उनीहरुको गुनासो छ । मासिक पाँच सय खाजा खर्च, पोशाक भत्ता बार्षिक सात हजार पाँच सय रुपैयाँ  मात्र राज्यबाट पर्याप्त हुने बताउँदै  उनीहरुले यति थोरै सेवा सुविधाले सेवा र्पुयाउन असहज भएकाले सेवा सुविधा थप गर्न र जीविको पाजर्नको लागि कोष स्थापना गर्न माग गरेका छन् । आर्थिक अभावका कारण यो पेसाबाट पलाएन हुनुपर्ने बाध्यता जस्तै बनेको कार्यक्रममा सहभागी एक स्वयम् सेविकाले बताइन् ।

बर्दिबास नगरपालिका स्वास्थ्य शाखाका प्रमुख महेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा बर्दिबास नगरक्षेत्र भित्रका स्वास्थ्य चौकीका प्रमुखहरुले स्वस्थ्य सम्बन्धी परामर्श दिएका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप