बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन टाइगर्सलाई कुमारी बैंकको प्रायोजन

बुधबार, १९ मङ्सिर २०७५, १७ : ५८
बुधबार, १९ मङ्सिर २०७५

काठमाडौं । कुमारी बैंक लिमिटेडले क्रिकेट खेलको विकासमा सहयोग पु¥याउने उद्देश्यले चितवन टाइगर्सलाई प्रायोजन गर्ने भएको छ ।

 यहि मंसिर २२ देखि पुस ६ गते सम्म काठमाडौंको किर्तिपुर खेल मैदानमा सञ्चालन हुन गहिरहेको “एभरेष्ट  प्रिमियर लिग – टि २० टुर्नामेन्ट” मा सहभागी टोली ‘चितवन टाइगर्स’ लाई प्रायोजन गरेको एक समारोहकाबीच जानकारी गराएको हो ।

उक्त समारोहमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले टिमका कप्तान पृथु  बॉस्कोटा सहित अन्य खेलाडीहरुलाई जर्सी प्रदान गरी सफलताको लागि शुभकामना ब्यक्त गरे ।

क्रिकेट खेलमा संलग्न युवा प्रतिभाहरुलाई प्रोत्साहित गर्ने अभिप्रायले बैंकले पृथुु बॉस्कोटाको कप्तनीमा प्रतिस्पर्धा गर्न गईरहेको चितवन टाइगर्सलाई प्रायोजन गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप