शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वाइसीएल कार्यकर्ता श्रीसको मृत्युको रहस्य खुल्न सकेन

मङ्गलबार, १० साउन २०७४, २० : ०८
मङ्गलबार, १० साउन २०७४

गुल्मी– गुल्मीको जंगलमा मृत फेला परेका वाईसीएल कार्यकर्ताको मृत्युको रहस्य अझै खुल्न सकेको छैन । स्थानीय तह निर्वाचनकाबेला मालिका गाउँपालिका १ का १७ वर्षीय यमहादुर श्रीस मृत भेटिएका थिए । 

घटना भएको दिन 

साविका नेटा गाविस, हालको वडा नम्वर–१ मा गत असार ८ गते नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार ईन्द्रबहादुर घर्तिका छोरा निरज घर्तिको जन्म दिनको पार्टी मनाउने तयारी भएको थियो । 

चुनावी प्रचारको अनितम समयमा आई पुग्दा दिनमा  पार्टी गर्ने फुर्सद पनि नभएकोले होला छोरा निरजले त्यस दिन राती घरदेखि माथि तिखेचुली लेकका जंगलमा रात्री भोजको आयोजना गरिएको थियो । राती साढे १० वजेको समयमा कसैले हातमा साउण्ड सिस्टम, कसैले मादल बोक्दै त कसैले  मदिरा र कुुखराको मासु बोकेर झण्डै दुई दर्जनको संख्यामा युवा युवतीहरु भेला भएका थिए । छ सात  जना युवती र दर्जन बढि युवाहरुसहित तिखेचुली जंगलमा विहानपखसम्म डान्स पार्टी रमाएका थिए । 

यमबहादुरलाई राती साढे १२ वजेसम्म डान्स पार्टीमै देखेको पार्टीमा सहभागी साजन श्रीसले बताए । उनले सहभागीमध्ये केही विहानपख मात्रै घरतिर लागेको र कोही १२ बजेपछि तितरवितर भएकोले को कता लागे हक्का नभएको उनले बताए । यमबहादुर असार ८ गते दिउँसोसम्म माओवादी  केन्द्रका वडाध्यक्ष उमेदवार जितबहादुर सुनारको चुनावी प्रचारमा हिडेका थिए । 

प्रत्यक्षदर्शीकाअनुसार मृत्युको पाइन्ट घटनास्थल भन्दा धेरै तल झरेको थियो । यमबहादुरको शव पहाडको दुई सय मिटर तल भीरमा भेटिएको थियो । 
शव पोष्टमार्टम गरिएन । घटनास्थल करिव  एक घण्टाको दुरीमा पर्ने पौदीअमराई प्रहरी चौकीले पोष्टमार्टमका लागि सदरमुकाम तम्घास लैजाने चासो नदेखाएपछि श्रीस्को मृत्यु शंकास्पद बनेको स्थानीयको भनाइ छ । 

घटना स्थल भन्दा करिव एक घण्टाको दुरीमा रहेको पौदीअमराई प्रहरी चौकीका प्रमुख राजकुमार यादवका अनुसार मृतकका पिता खड्कबहादुर श्रीस्ले आफूसँग मृृतक छोराको पोष्टमार्टम गर्न सदरमुकाम तम्घास लैजाने खर्च नभएको  र उनले कुनै आशंका पनि नगरेर  दाहसंस्कार गर्न मञ्जुरी जनाएका कारण पोष्टमार्टम नगरिएको हो । 

यता, निमित्त जिल्ला प्रहरी प्रमुखको कार्यभार सम्हालेका र प्रवक्ता समेत रहेका डिएसपी महेन्द्र नेपालले भने घटनाबारे प्रतिक्रिया दिन मानेनन् । 

मचुल्का गर्दा स्थानीइ दलका प्रतिनिधिलाई खबर गरिएन 

स्थानीय राजनीतिक दलका प्रतिनिधिले यस्तो घटनाको मुचुल्का गर्दासमेत आफूहरुलाई खबर नभएको बताए । शवको पोष्टमार्टम नगरिएको र मुचुल्का गर्ने क्रममा आफूहरुलाई जानकारी नै नदिएको माओवादी केन्द्रका  प्रतिनिधि तथा वडाध्यक्षका उमेदवार जितबहादुर सुनारले बताए । 

एमालेका  वडाध्यक्ष उमेदवार अमरसिंह पुनले पनि आफुहरुलाई जानकारी नै नदिई शव परिवारजनलाई बुझाईएको उल्लेख गरे । नेपाली काग्रेसका उमेदवार तथा  नवनिर्वाचित वडाध्यक्ष ईन्द्रबहादुर घर्तिकाअनुसार मृतकका पिताले नै मेरा छोराको ब्यवहार राम्रो नभएकाले पोष्टमार्टम गर्न नपर्ने समझदारी गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप