शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अझै पनि जनताको आकर्षण हामीसँगै छ : अध्यक्ष थापा

बुधबार, १९ मङ्सिर २०७५, १७ : २८
बुधबार, १९ मङ्सिर २०७५

जनकपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनताको आकर्षण आफ्नै पार्टीको पक्षमा रहेको बताएका छन् । बुधबार जनकपुरमा पार्टीको  २ नम्बर प्रदेशस्तरीय प्रशिक्षण तथा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले ओली नेतृत्वको २ तिहाईको सरकार गठन भएको ९ महिना वितिसक्दा पनि जनताको जीवनस्तरमा कुनै परिवर्तन आउन नसकेकोले आफुहरु बाहेक जनतासँग कुनै विकल्प नभएको दाबी गरे । 

अध्यक्ष थापाले अहिले सामान्य जागिरका लागि समेत दैनिकरुपमा २ हजार भन्दा बढी यूवाहरु मलेसियाको जगंल र अरबको मरभूमिमा गएर रगत पसिना बगाउन बाध्य भएको समेत बताए । उनले भने– ‘सदियौँ देखिको दासताबाट मुक्ति पाउनका लागि भनेर लडेका एमाले, माओवादी र संघीय समाजवादी फोरम नेपालको २ तिहाई बहुमतको सरकार हुँदा पनि  जनताले शान्ति, स्थायित्व, विकास र रोजगारी लगायतका आश्वासन आश्वसनमै रहेका छन् ।’

उनले जनताको विकल्प आफुहरु भएको दावी गर्दै जनता र कार्यकर्तालाई हिन्दुराष्ट्र पुनःस्थापना र राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा वकालत गर्न निर्देशन दिए ।

उनले विगतको चुनावको समिक्षा गर्दै प्रतिनिधिसभामा आफुहरुले कांग्रेसलाई सहयोग गरेको तर कांग्रेसले स्थानीय तहको निर्वाचनमा ईमान्दारिता नदेखाएकै कारण नराम्ररी पराजय हुन पुगेको बताए । 

उनले मुलुकमा ०६२/०६३ को आन्दोलनपछि नयाँ नेपाल बनाउने नाममा धर्मनिरेपक्षता लागू गरिएको आरोप लगाउँदै हिन्दु राष्ट्र र राजतन्त्र समाप्तको घोषणा गरि गणतन्त्र स्थापना गर्दासम्म पनि जनताले नयाँ नेपालका जनता भएको महसुस गर्न नसकेको दाबी गरे । सम्मेलनमा प्रदेश २ बाट ८ वटै जिल्लाका अध्यक्ष एवम् प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि र वडा प्रतिनिधि लगायत ३ सय २५ जना सहभागि छन् । सम्मेलन भोलिसम्म चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप