बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘सन्नी हो नाम मेरो...’ भन्दै नेपाली गीतमा यसरी नाचिन् सन्नी लियोनी

बुधबार, १९ मङ्सिर २०७५, १७ : ०४
बुधबार, १९ मङ्सिर २०७५

काठमाडौं – बलिउडकी हट एण्ड सेक्सी अभिनेत्री सन्नी लियोनीले नेपाली चलचित्रमा पनि आइट नृत्य गरेकी छन् । लन्डनमा छायाँकन गरिएको चलचित्र ‘पासवर्ड’मा उनले नेपाली गीतमा कम्बर मर्काएकी हुन् । 
सन्नीको गीत पनि लण्डनमा छायाँकन गरिएको हो । सन्नीको गीतका लागि मात्र निर्माण युनिटले ५ करोर्ड खर्च गरेको दाबी गरेको छ । 

सन्नीले नेपाली गीत ‘सन्नी हो नाम मेरो...’ आइटम गरेकी हुन् । उनलाई गीतमा कोरियोग्राफर विष्णु देभाले कोरियोग्राफी गरेका थिए । विष्णु देभाले बलिउडमा सलमान खान देखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका चलचित्रमा समेत नृत्य निर्देशन गरिसकेका छन् । सन्नीले नाचेको गीतको संगीत अर्जुन पोखरेलले गरेका हुन् । 

सन्नी गीतको लागि ७ जनाको टिम सहित लण्डन पुगेकी थिइन् । गीतमा सन्नीलाई २ सय बढि डान्सरले साथ दिएका छन् । जसका लागि नेपाल र भारतका डान्सर समेत प्रयोग गरिएको छ ।  सन्नीले नेपाली चलचित्रमा आइट गरेको यो पहिलो हो । उनको आइटका केही तस्बिर समेत अहिले बाहिर आएका छन् । 

‘पासवर्ड’मा सम्रट बस्नेतको निर्देशन रहेको छ । कथा र स्कृनप्लेले सन्नीको नृत्य मागेकोले चलचित्रमा राखिएको निर्देशक सम्राटेल बताए । २ दर्जनबढि चलचित्रमा द्वन्द्व निर्देशन गरेका सम्राटको यो निर्देशनजमा डेब्यु चलचित्र हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप