शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरबाट यातायात कार्यालय सार्ने कुरा गलत

बुधबार, १९ मङ्सिर २०७५, १४ : १७
बुधबार, १९ मङ्सिर २०७५

जनकपुर– यातायात व्यवस्था कार्यालय जनकपुरले कार्यालय सार्ने कुरा गलत भएको बताएको छ  । बुधबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा निमित्त प्रमुख अजिम अन्सारीले जनकपुरबाट अन्यत्र कार्यालय सार्ने हल्ला गलत रहेको भन्दै तयस्तो कुनै योजना नरहेको दावी गरे ।

यसअघि जनकपुरको कार्यालय बर्दिबास सार्ने चर्चा चलेको थियो । उनले सवारी चालक अनुमतिपत्रबारे आवश्यकताअनुसार छलफलपछि कोटा बढाउन सकिने बताए । ‘कार्यालयको क्षमता अनुसार कोटा निर्धारण हुने गरेको छ । कोटा कुनै ठुलो कुरा होइन । क्षमताअनुसार हामी आफैले सवारी चालक अनुमति पत्रको कोटा निर्धारण गरी वितरण गर्न सक्छौ’ निमित्त प्रमुख मन्सुरले जनाए । 

उनले कार्यालय मार्फत एक दिनमा ३ सय २० जनाले फारम भर्न पाउने भन्दै दर्ता जारी नै रहेको बताए । बर्दिबासमा १ सय मात्र कोटा रहेको र त्यस कार्यालयले मोटरसाइकल तथा स्कुटरको मात्र दर्ता गर्न पाउने उनले बताए ।

यता बुधबार पनि बर्दिवास बजार बन्द गरि स्थानीयवासीले बर्दिवासको यातायात व्यवस्था कार्यालयको सेवा केन्द्र सार्ने षड्यन्त्र भएको भन्दै विरोधमा चक्काजाम गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप