शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘२.०’ को कमाइ ४५० करोड, अक्षयले बनाए नयाँ रेकर्ड

बुधबार, १९ मङ्सिर २०७५, ०८ : ५७
बुधबार, १९ मङ्सिर २०७५

एजेन्सी – बलिउडका दिग्गज अभिनेताद्वय अक्षय कुमार र रजनीकान्तले अभिनय गरेको फिल्म ‘२.०’ ले हिन्दी भर्जनबाट १ सय करोड कलेक्शन गर्न सफल भएको छ । यो फिल्मबाट अक्षयको सय करोड क्लबमा समाबेश भएको फिल्ममध्ये सबैभन्दा छिटो सय करोड कलेक्शन भएको फिल्म हो । फिल्म बिहारमा अत्यधिक सफल रह्यो । 
 
फिल्मले बिहिबार २०.२५ करोड, शुक्रबार १८ करोड, शनिबार २५ करोड, आइतबार ३४ करोड र सोमबार १३.७५ करोड कलेक्शन गरेको थियो । भने पाँच दिनको कूल कलेक्शन १११ करोड भएको छ । 

त्यसैगरी फिल्मले विश्वव्यापी रुपमा लगभग ४५० करोड पुगेको छ । दक्षिण भारतमा फिल्मको व्यापार सफल भइरहेको छ । शंकरको निर्देशनमा बनेको यो फिल्म ‘रोबोट’ को दोस्रो भाग हो । 
 
टु–डीमा भन्दा थ्री–डीमा फिल्म हेर्नेको संख्या धेरै छ । त्यसैले थ्री–डी फिल्महरु अधिकांश हाउसफुल भइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप