केन्द्रीय संस्करण

गोदावरी स्थायी राजधानी तोक्ने निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट

person access_timeमंसिर १८, २०७५ chat_bubble_outline0

काठमाडौँ । प्रदेश नं ७ को स्थायी राजधानी अध्ययनविना नै कैलालीको गोदावरीमा प्रदेश राजधानी राख्ने निर्णय असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । 

प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई अधिवक्ता मनिषकुमार श्रेष्ठले आज दायर रिटमा अध्ययनविना प्रदेशसभाले गत असोज १२ गतेको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरेका छन् । 

स्थायी सदरमुकामका लागि आवश्यक भौतिक संरचना तयारसमेत नभएको अवस्थामा आवश्यक छलफलसमेत नगरी राजधानी तोक्ने निर्णय गरिएको निवेदनमा उल्लेख छ । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ