शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गोली लागेर प्रहरी जवान यादव घाइते

मङ्गलबार, १८ मङ्सिर २०७५, १८ : ५७
मङ्गलबार, १८ मङ्सिर २०७५

विराटनगर । प्रशिक्षणको दौरानमा गोली लागेर प्रहरी जवान तथा प्रशिक्षक राजेन्द्र यादव घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

आज दिउँसो करीब १२ बजे भएको सो घटनामा प्रशिक्षक यादवले पेस्तोल सफा गर्ने क्रममा गोली पडकिँदा निजको देब्रे हातमा गोली लागेको प्रहरीले जनाएको छ । 

जवान यादवको उपचारका लागि आजै काठमाण्डौँतर्फ लगेको प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप