बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कक्षा ९ मा अध्ययनरत किशोरी बलात्कृत, आरोपी पक्राउ

मङ्गलबार, १८ मङ्सिर २०७५, १८ : ५५
मङ्गलबार, १८ मङ्सिर २०७५

चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई बलात्कार गरी गर्भ बोकाएको आरोपमा एक प्राविधिक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । 

भूकम्पपीडितको आवास पुनःनिर्माणका लागि सो गाउँपालिकामा कार्यरत जाजरकोट निवासी सवइञ्जिनीयर दीपक कार्कीलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक विमल कँडेलले बताए । 

स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्राले आफू तीन महिनाको गर्भवती भएको थाहा पाएपछि किटानी जाहेरी दिएकी थिइन् । पीडकले पनि स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप