शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गौरादहमा नेपाल लाइफको उपशाखा

मङ्गलबार, १० साउन २०७४, १८ : ०८
मङ्गलबार, १० साउन २०७४

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाको बजार विस्तार गर्दै आफ्ना सेवाग्राहीलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउने उदेश्यले झापाको गौरादहमा उपशाखा स्थापना गरेको छ । सो शाखाको बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमन कार्कीले उद्घाटन गरेका छन् ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले कम्पनीले जीवन बीमाको पहँुच आम जनतासम्म पुर्याउने उदेश्यले शाखा तथा उपशाखा कार्यालयको स्थापनालाई जोड दिदै आएको बताए । चालु आव भित्र मुलुकको ७५वटै जिल्लामा पुग्ने पनि उनले बताए । 

कम्पनीले गत आव २०७३/०७४ मा कुल बीमाशुल्क आम्दानी करिब १२ अर्ब, जीवन बीमा कोष करिब ४० अर्ब तथा कुल लगानी करिब ४७ अर्ब भन्दाबढी पुर्याएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप