शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शिकार खेल्न जाँदा साथीको हत्या, ६ जना पक्राउ

मङ्गलबार, १८ मङ्सिर २०७५, १४ : ३५
मङ्गलबार, १८ मङ्सिर २०७५

काठमाडौं– सुनसरीको धरान उप–महानगरपालिका–१७ उदयटोल बस्ने आशिष ठटालको हत्या गरेको अभियोगमा उनकै साथीहरु पक्राउ परेका छन् । १७ वर्षीय ठटालको हत्या गरेको अभियोगमा सोही उप–महानगरपालिका बस्दै आएका कोमल गुरुङ समेत ६ जनालाई सोमबार नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ ।

मंसिर ७ गते राती आशिषसहित ७ जना सोही ठाउँस्थित उदय सामुदायिक जंगलमा शिकार खेल्न गएका थिए । शिकार खेल्न गएकाहरुमध्ये ६ जना फर्किए पनि आशिष घर नफर्केपछि आफन्तले मंसिर १६ गते ईलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएका थिए ।

घटनाको जानकारी पाए पश्चात प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।  प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा शिकार खेल्न गएका साथीहरुले नै आशिषको हत्या गरेर सोही ठाउँमा खाल्डोले पुरेर फर्केको खुलेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप