चर्चित प्रहरी अफिसर सर्वेन्द्र खनाललाई नयाँ जिम्मेवारी
मङ्गलबार, १० साउन २०७४, १७ : ५९
काठमाडौं— एसएसपी सर्वेन्द्र खनाललाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।
यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत खनाललाई मंगलबार आईजीपी प्रकाश अर्यालले सो जिम्मेवारीमा पठाएका हुन् । राजधानीको ट्राफिक अवस्था अस्तब्यस्त हुँदै आएको सन्दर्भमा उनलाई गृहमन्त्री जनार्दन शर्माको चाहनामा सो जिम्मेवारी दिइएको बताइएको छ ।
हालका ट्राफिक प्रमुख डिआईजी मिङमार लामालाई भने प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।
हालै एसएसपीबाट डिआईजी सिफारिश भएका खनाल काबिल प्रहरी अफिसर मानिन्छन् ।
यसअघि महानगरीय अपराध महाशाखामा रहँदा प्रभावकारी काम गरेर चर्चा कमाएका थिए । उनी आजैदेखि महाशाखामा हाजिर भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा