शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तिनाउ नदीमा खसेर मोटरसाइकल चालकको मृत्यु

मङ्गलबार, १८ मङ्सिर २०७५, ०९ : ३०
मङ्गलबार, १८ मङ्सिर २०७५

बुटवल  । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल तानसेन सडकखण्डबाट मोटरसाइकल चालकको तिनाउ नदीमा खसेर मृत्यु भएको छ । 

पश्चिम क्षेत्रीय ट्राफ्रिक प्रहरी कार्यालय बुटवलका अनुसार  तिनाउ गाउँपालिका–३ हेडवर्क्स नजिकैबाट लु ३० प ४१९३ नम्बरको मोटरसाइकल चालक नदीमा खसेका हुन् । 

निधन हुनेमा पाल्पाको तानसेन–९ मदनपोखराका  ३७ वर्षीय गणेश रेग्मी क्षेत्री रहेका छन् । 

दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ  । क्षेत्रीको शव खोला किनारमा भेटिएको थियो भने मोटरसाइल भने सडकको छेउका अढ्कीएको थियो । 

मर्मतका लागि हिजोदेखि दिउँसोको समय ६ घण्टा बन्द गरिएको यो सडकमा पटक–पटक सवारी दुर्घटनामा हुने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप