श्रृषा र विनोदको ‘जानी नजानी’ माया (भिडियो)
मङ्गलबार, १८ मङ्सिर २०७५, ०८ : १७
काठमाडौं – राजेन्द्र गौतमका शब्दमा गायक विधान कालीकोटेले नयाँ गीत ‘जानी नजानी’ ल्याएका छन् । करिब एक दर्जन गीतमा स्वर भरेका गायक कालीकोटेको यो गीतको भिडियोमा तुला पर्वतको संगीत रहेको छ ।
गीतमा गायिका तथा मोडल श्रृषा कुँवरको अभिनय छ । भिडियोमा श्रृषालाई नायक तथा मोडल विनोद न्यौपानेले साथ दिएका छन् ।
श्रृषाले हल्का हल्का उदाउँछ जुन बारीमा, खोला पारीमा लगायतका चर्चित गीतमा समेत काम गरिसकेकी छन् ।
तुलाको निर्देशनमा तयार भएको यो भिडियोमा निशान घिमिरेको सम्पादन, अर्जुन सापकोटाको छायांकन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर