बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजार ७.११ अंकले बढ्यो

मङ्गलबार, १० साउन २०७४, १७ : २७
मङ्गलबार, १० साउन २०७४

काठमाडौं–अघिल्लो दिन सोमबार ६.४८ अंकले ओरालो लागेको सेयर बजार आज भने उक्लिएको छ । आज बजार ७.११ अंकले बढेको हो । 

एक सय ५६ कम्पनीको १३ लाख ७१ हजार एक सय १० कित्ता सेयर खरिद विक्रि भएको बजारमा ९४ करोड ८५ लाख ६५ हजार एक सय ६ रुपैयाँको कारोवार भएको छ । आज वजार १६३६.१९ अंकमा उक्लिएको छ । 

बैंकिङ समूह र ‘अन्य’ समूहको सूचक सामान्य घटेको आज अरु सवै समूहको सूचक हरियो भएका छन् । आज होटल समूहको सूचक ८.३९ अंकले बढेको छ भने ट्रेडिङ १.३५ अंकले उक्लिएको छ । यस्तै, बिकास बैंक समूहको सूचक ६.४८, जलविद्युत समूहको सूचक १८.०३, फाइनान्स समूहको सूचक ६.९६ अंकले बढेका छन् । 

यस्तै, आज बीमा समूहको सूचक १५७.३२ र उत्पादनमुलक समूहको सूचक ७९.८५ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । एक सय ५३ कम्पनीको १७ लाख ४० हजार ४ सय ५७ कित्ता सेयर किनबेच सोमबार एक अर्ब ६ करोड ८१ लाख ६६ हजार ७ सय ६९ रुपैयाँको कारोवार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप