शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आठौं कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, १२ हजार एक सय ८ उत्तीर्ण (नतिजासहित)

मङ्गलबार, १० साउन २०७४, १७ : २२
मङ्गलबार, १० साउन २०७४

काठमाडौं–रोजगार अनुमती प्रणाली (इपिएस) अन्र्तगत गत जेठ २७ र २८ गते भएको आठौं कोरियन भाषा परीक्षाको नतिजा मंगलबार प्रकाशित भएको छ । भाषा परीक्षामा सहभागी मध्ये १२ हजार एक सय ८ जना उत्तीर्ण भएका छन् । 


दक्षिण कोरियाको रोजगारीका लागि इपिएस अन्र्तगतको मानव संसाधन विभागले भाषा परीक्षा लिने गरेको छ । यस पटक २७ र २८ गते तथा परीक्षा केन्द्र नं २६ मा छुटेका परीक्षार्थीहरुको असार २१ देखि २९ गते सम्म पुन लिइएको आठौं कोरियन भाषा परीक्षामा सहभागी भएकाको नतिजा सार्वजनिक भएको इपिएस शाखाले जनाएको छ । 


कोरियाले यसपटक उत्पादनमुलक र कृषि तथा पशुपालन क्षेत्रका लागि नेपालमा भाषा परीक्षा सञ्चालन गरेको थियो । करिव १० हजार उत्र्तिण गराउने उद्देश्यले लिएको भाषा परीक्षामा सवै भन्दावढी अंक ल्याउने १२ हजार एक सय ८ जनाको नाम इपिएसले उत्र्तिणको सूचीमा राखेको छ । 
कोरियाले कृषि तथा पशुपालन क्षेत्रमा यस पटक ७ हजार ५ सयको हाराहारीमा उत्र्तिण भएका छन् । यस्तै, करिव ४ हजार ५ सय परीक्षार्थी उत्पादनमुलक क्षेत्रमा उत्तीर्ण भएको इपिएसले जनाएको छ । यस अघिनै इपिएसले असार १६ गते भाषा परीक्षाको नतिजा सार्वजनिक गर्ने तालिका थियो । तर, प्राविधिक कारणले २६ नम्वर परीक्षा केन्द्रमा परीक्षार्थी परीक्षा दिन वञ्चित भएकाले उनीहरुलाई कम्युटरमा आधारित परीक्षा लिएर नतिजा सार्वजनिक गरिएको इपिएसले जनाएको छ । 
कोरियाले यसपटक गत बर्षको तुलनामा ३ गुणा भन्दा धेरैलाई भाषा परीक्षामा उत्तीर्ण गराएको हो । गत बर्ष करिव ३ हजार ५ सय मात्र भाषा परीक्षा उत्र्तिण भएका थिए । दक्षिण कोरिया नेपाली कामदारको प्रमुख आकर्षक रोजगारदाता मुलुक हो । यसअघिनै करिव ३४ हजार युवा इपिएस अन्र्तगत कोरियाको रोजगारीमा गइसकेका छन् । कोरियाले पनि नेपाली कामदार अत्यधिक रुचाउने गरेको छ । 


सन् २००७ मा नेपाल दक्षिण कोरियावीच इपिएस अन्र्तगत भाषा परीक्षा लिएर नेपाली कामदार कोरिया लैजाने सम्झौता भएको हो । त्यसपछि सन् २००८ मा नेपालमा पहिलो पटक इपिएस अन्र्तगत भाषा परीक्षा भएको थियो । दक्षिण कोरियाको रोजगारीमा जाने युवाले अहिले मासिक न्युनतम् एक लाख २० हजार भन्दावढी पारिश्रमिक पाउने गरेका छन् । अझ आगामी बर्षवाट कोरियामा कामदारको पारिश्रमिक वृद्धि हुदैछ । 


भाषा परीक्षा उत्तीर्णले स्वास्थ्य परीक्षण, रोजगार आवेदन फाराम लगायतका कार्यहरुको बिस्तृत विवरण इपिएसको वेवसाइट मार्फत पाउने जनाइएको छ । भाषा परीक्षा उत्तीर्र्ण ब्यक्तिहरुले रोजगार आवेदन फाराम भर्न प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षणमा समेत सफल हुनु पर्ने इपिएसले जनाएको छ । साथै कुनै ‘क’ बर्गको बैंकमा आफ्नै नाममा खाता खोलेको प्रमाण (चेकको प्रतिलिपी) एवं सम्बन्धित ब्यक्तिको ब्यक्तिगत ईमेल ठेगाना अनिवार्य रुपमा पेश गर्नु पर्ने छ । 


उत्तीर्णको बिवरण इपिएसको वेवसाइट डव्लुडव्लुडव्लु डट जीओभी डट एनपी, कार्यालयको सूचनापाटी, वैदेशिक रोजगार विभागको वेभसाइट, श्रम तथा रोजगार मन्त्रालयको वेवसाइटबाट समेत हेर्न सकिने जनाइएको छ ।

नतिजा हेर्नुहाेस्:

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप