मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चेतना अभावकै कारण समाजमा लैङ्गिक हिंसा : मन्त्री घिमिरे

सोमबार, १७ मङ्सिर २०७५, २० : २९
सोमबार, १७ मङ्सिर २०७५

खोटाङ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले लैङ्गिक हिंसा मात्र नभई हरेक किसिमका हिंसा अन्त्य गर्न सामाजिक जागरण आवश्यक रहेको बताएका छन् । 

समाजमा हुने हरेक किसिमका हिंसा चेतना अभावकै कारण हुने बताउँदै मन्त्री घिमिरेले त्यसलाई न्यूनीकरण गर्न सामाजिक जागरण आवश्यक रहेको बताए । 

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आफ्नो गृह जिल्ला खोटाङ आएका मन्त्री घिमिरेले जिल्ला समन्वय समिति खोटाङ र सामाजिक विकास मन्त्रालय प्रदेश नं १ ले आज दिक्तेलमा आयोजना गरेको कार्यक्रममा पहिरन, विद्युतीय सञ्चारमाध्यम, मादक पदार्थ सेवनलगायत कारण हिंसा हुने गरेको र यसप्रति सजग रहन सामाजिक जागरण आवश्यक छ भने । 

त्रिधार्मिकस्थल हलेसीको विकास, जिल्ला अस्पतालको स्तरोन्नति, सामुदायिक विद्यालय सुधार, सडक तथा खेलमैदान निर्माण गर्न यस वर्ष प्रदेश सरकारले बजेट विनियोजन गरेको मन्त्री घिमिरेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप