शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिमस्टारको नयाँ वूफर्स बजारमा

सोमबार, १७ मङ्सिर २०७५, १८ : ४०
सोमबार, १७ मङ्सिर २०७५

काठमाडौं । गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले ३ वटा  नयाँ वूफर्स बजारमा ल्याएको छ । सार्वजनिक गरिएका नयाँ मोडलहरू १७ सीएमपीएस, १९सीएमपीएल र  १८ सीएमपीएल हुन् र सबै मोडलहरू नवीनतम प्रविधिका छन् । जसमा एलईडी डिस्प्ले, ब्लुटुथ र फुलफंक्शन रिमोट कंट्रोल समावेश गरिएको छ ।

पहिलो मोडल १७ सीएमपीएस ब्ल्याक कलरमा उपलब्ध छ  र आरएमएस २०x२ साउन्ड आउटपुट सहित यूएसबी, एलईडी डिस्प्ले, डिजिटल रेडियो, ब्लुटुथ र फुलफंक्शन रिमोट कंट्रोल जस्ता अतिरिक्त सुविधाहरू छन् ।

अर्को १९ सीएमपीएल ब्ल्याक कलरमा उपलब्ध छ । यसमा आरएमएस ४०x५ वाट साउन्ड आउटपुट, यूएसबीपोर्ट, एलईडी डिस्प्ले, डिजिटल रेडियो, ब्लुटुथ र फुलफंक्शन  रिमोट कंट्रोल रहेको छ । त्यस्तै १८ सीएमपीएल जसमा आरएमएस ४०x५ वाट साउन्ड आउटपुट सहित यूएसबी पोर्ट, एलईडी डिस्प्ले, डिजिटल रेडियो, ब्लुटुथ र फुलफंक्शन रिमोट कंट्रोल रहेका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप