मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

यू– १९ एसिया बिश्वकप छनौट: नेपाल अन्तिम खेलमा अफगानिस्तानसँग पराजित

मङ्गलबार, १० साउन २०७४, १६ : १२
मङ्गलबार, १० साउन २०७४

काठमाडौं– आईसीसी यू– १९ एसिया बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत छैठौं तथा अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ९६ रनले पराजित भएको छ । प्रतियोगितामा भएको सबै खेलमा जित दर्ता गरी अफगानिस्तान सन् २०१८ यू–१९ विश्वकप खेल्नको लागी छनौट हुन सफल भएको छ । नेपाल भने प्रतियोगिताबाट बाहिरिएको छ ।

अफगानस्तानले कुल ६ खेल मध्ये ६ मा विजय हासिल गर्दै विश्वकपमा सफल बनेको हो । अफगानिस्तानसँग दुई खेलमा पराजित भएको नेपालले दोश्रो स्थानमा चित्त बुझाउनुपर्यो । यसअघि नेपाल अफगानिस्तानसँग १४१ रनले हारेको थियो ।

सिंगापुरस्थित इन्डियन एसोसियसन मैदानमा अफगानिस्तानले टस जितेर ब्याटिङ गर्दै दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाली टिमले ४०.३ ओभरमा ९९ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो । नेपालको लागि दिपेन्द्र ऐरीले मात्र ४८ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले नेपालका लागी ठुलो योगदान दिन सफल रहन सकेनन् । पवन सर्राफ र प्रकाश केसीले समान १०–१० रनको योगदान दिए ।

यसअघि, अफगानिस्तानले नेपाललाई १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १९५को योगफल बनाएको थियो । सिंगापुरमा भइरहेको खेलमा अफगानिस्तानका लागि ओपनर इब्राहिम जद्रानले ११४ बलमा पाँच छक्का र सात चौका प्रहार गर्दै १०१ रनको योगदान दिए । त्यस्तै इक्रम अल खलिलले २४ रन जोडे । जद्रानले खलिलसँग मिलेर ७४ रनको साझेदारी गरेका थिए ।

अफगानिस्तानका अर्का ओपनर नवीद ओबेदले २२ रन जोडे भने अन्यले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि साहब आलमले ४ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले ३ तथा कप्तान सन्दस्प लामिछाने र पवन शर्राफले एक एक विकेट हात पारे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप