केन्द्रीय संस्करण

लोकसेवा टिप्स : खरिदार र नासुका लागि सम्भावित प्रश्नोत्तर

person access_timeमंसिर १७, २०७५ chat_bubble_outline0

नेपालको जलसम्पदाको महत्व छोटकरीमा उल्लेख गर्नुहोस् । ५

नेपालमा अपार जलसम्पदाको उत्पादन गरी औद्योगिक विकासमा योगदान पु¥याउने तथा विद्युत् निकासी गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।
सि“चाइमा प्रयोग गरी कृषि उत्पादन बढाउन सकिन्छ ।
जल यातायातका साधन सञ्चालन गर्न सकिन्छ ।
मत्स्यपालन व्यवसाय सञ्चालन गर्न सकिन्छ ।
नदी तथा तालको सौन्दर्यले गर्दा पर्यटन व्यवसाय फस्टाउन सक्छ ।
खानेपानीको मागलाई पूर्ति गर्न सकिन्छ ।

२. कर भनेको के हो ? कर कति प्रकारका हुन्छन् ? स्पष्ट पार्नुहोस् । (२+३) ५

कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले प्रचलित कानुनबमोजिम सरकारलाई अनिवार्य रूपमा बुझाउनुपर्ने राजस्वलाई कर ९त्बह० भनिन्छ ।
कर भनेको कुनै व्यक्तिले विशेष लाभका लागि सरकारद्वारा जनहितका लागि गरिने खर्च बेहोर्नका लागि अनिवार्य रूपमा तिर्ने रकम हो भनी प्रो. सेलिगम्यानले परिभाषित गरेका छन् ।
सरकारले कानुनबमोजिम नागरिकबाट कर असुल गर्दछ किनभने कर नै राज्यको आम्दानीको प्रमुख स्रोत हो ।
कर भनेको :
– सरकारलाई तिर्नुपर्ने अनिवार्य रकम,
– सरकारको राजस्वको प्रमुख स्रोत,
– विधायिकी कानुनद्वारा मात्र करारोपण गर्ने,
– सार्वजनिक हितका लागि राज्यद्वारा खर्च गरिने,
– सरकारी वित्त नीतिको एक प्रमुख उपकरण ।

करका प्रकार(Direct tax)

करको असर र भारका आधारमा करलाई दुई भागमा विभाजन गर्न सकिन्छ ः
प्रत्यक्ष कर 
जुन करको भार र असर एकै व्यक्तिमाथि पर्ने हुन्छ, त्यस्तो करलाई प्रत्यक्ष कर भनिन्छ ।
प्रत्यक्ष कर करदाताले अरू व्यक्तिको थाप्लोमा सार्न सक्दैन ।
आयकर तथा सम्पत्ति कर प्रत्यक्ष करका
उदाहरण हुन् ।
जुन व्यक्तिको आय वा सम्पत्तिमा कर लगाइन्छ, उसले आफैंले त्यस्तो कर बेहोर्नुपर्ने हुन्छ ।
आयकर, पारिश्रमिक कर, उद्योग, पेसा, व्यापार तथा व्यवसायसम्बन्धी कर, सम्पत्ति कर, घर–जग्गा कर, ब्याज कर, घरजग्गा रजिस्ट्रेसन, सवारी साधन कर आदि प्रत्यक्ष करअन्तर्गत पर्दछन् ।
प्रत्यक्ष करमा करको भार अहस्तान्तरणीय हुन्छ ।

अप्रत्यक्ष कर (Indirect tax)
करदाताले आफूले तिरेको करको भार अरू व्यक्तिमा सार्न सकिने करलाई अप्रत्यक्ष कर भनिन्छ ।
कर तिर्ने भार एक पक्षमा र सो करको प्रभाव अर्को पक्षमा पर्दछ भने त्यस्तो करलाई अप्रत्यक्ष कर ९क्ष्लमष्चभअत तबह० भनिन्छ ।
अन्तःशुल्क, भन्सार महसुल, मूल्य अभिवृद्धि कर, सवारी साधन कर होटल कर, हवार्ई उडान कर आदि अप्रत्यक्ष करअन्तर्गत पर्दछन् ।
अप्रत्यक्ष करमा करको भार हस्तान्तरणीय हुन्छ र यस करलाई अप्रगतिशील कर पनि भनिन्छ ।

३. नेपालको आर्थिक विकासमा निजी क्षेत्रले खेल्ने भूमिकाबारे छोटकरीमा टिप्पणी गर्नुहोस् ।  ५

नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका
वस्तु तथा सेवाको उत्पादन र वितरणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धी गर्न सक्ने क्षमता वृद्धि गर्ने ।
राज्यद्वारा निर्धारित ऐन कानुन, नीति नियमको मापदण्डभित्र रही उद्योग व्यापार, व्यवसाय सञ्चालन गरी रोजगारी सिर्जना गर्ने ।
जनताका दैनिक आवश्यकताको परिपूर्तिमा भूमिका निर्वाह गर्ने ।
स्वदेशमा उत्पादित वस्तु र सेवाको अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने ।
मुलुक या उपलब्ध प्राकृतिक स्रोत साधनको उपयोग गर्ने तथा विभिन्न उद्योग, व्यवसाय सञ्चालन गर्ने ।
करको माध्यमबाट राजस्व अभिवृद्धि हुने ।
पूर्वाधार विकासमा सहयोग पुग्ने ।
सामाजिक न्याय कायम गर्न सहयोग पुग्ने ।
सरकारी क्षेत्रको बोझ कम हुने ।
कृषि, उद्योग, पर्यटन, व्यापार, जलस्रोतलगायतका आर्थिक क्रियाकलापमा लगानी गरी देशको अर्थतन्त्रलाई मजबुत बनाउने ।
अनुगमन कार्यमा सहयोगीको भूमिका निर्वाह गर्ने ।
सर्वांगीण सन्तुलित तथा समतामूलक
विकासमा योगदान ।

४. वातावरण प्रदूषणका प्रकारको सूची बनाउनुहोस् र तपाईंको घरको ठोस फोहोर वस्तुलाई व्यवस्थित गर्ने उपायहरू लेख्नुहोस् ।  ५

उत्तर : वातावरण प्रदूषणका प्रकार
वायु प्रदूषण ड्ड जल प्रदूषण ड्ड ध्वनि प्रदूषण ड्ड भू–प्रदूषण ड्ड खाद्य प्रदूषण ड्ड विकिरण प्रदूषण ड्ड औद्योगिक प्रदूषण
घरको ठोस फोहोर वस्तुलाई व्यवस्थित गर्ने उपायहरू
घरमै व्यवस्थापन गर्ने,
टोलटोलमा व्यवस्थापन समूह बनाउने,
कम्पोस्ट मल बनाउने,
घरका फूल बगैंचामा प्रयोग गर्ने,
ठोस तरल छुट्याउने,
सरकारी संयन्त्रमार्फत तोकिएको स्थानमा राख्ने आदि ।

५. उपभोक्ता स्वास्थ्यको परिचय दिई उपभोक्ता संरक्षण ऐन, २०५४ अनुसार कुनै पनि खाद्यवस्तु उत्पादनले आफ्नो उत्पादनमा अनिवार्य रूपले उल्लेख गर्नुपर्ने चारवटा जानकारी लेख्नुहोस् ।  ५

उत्तर : उपभोक्ता स्वास्थ्य
समुदायका लागि समुदायकै व्यक्तिहरूले समुदायमा रहेका स्वास्थ्य समस्या पहिचान गरी त्यसको समाधान गर्न एवं व्यक्तिगत तथा वातावरणीय स्वास्थ्यमा सुधार ल्याउन गरिने क्रियाकलाप नै उपभोक्ता हो ।
स्वस्थ वातावरणको सिर्जना, स्वस्थ जनशक्ति उत्पादन, स्वास्थ्य सेवाको उपलब्धता, समान सेवाको भावना, उपभोक्तासँग सम्बन्धित कानुनको पालना, सरसफाइ तथा स्वस्थ वातावरणको सिर्जना जस्ता क्षेत्रलाई उपभोक्ता स्वास्थ्यले समेटेको हुन्छ ।
उपभोक्ता संरक्षण ऐन, २०५४ अनुसार उत्पादनमा अनिवार्य खुलाउनुपर्ने कुराहरू
उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नम्बर
खाद्य पदार्थ र औषधि जस्ता उपभोग्य वस्तुमा उक्त वस्तुको मिश्रण, त्यसको परिणाम र तौल
गुणस्तर निर्धारण सो वस्तुको गुणस्तर
उपभोग्य वस्तु उपभोग गर्ने तरिका र सो वस्तु उपभोग गरेबाट हुन सक्ने प्रभाव आदि ।

६. नेपालको सन्दर्भमा सामुदायिक स्वास्थ्यको आवश्यकता र महत्वबारे चर्चा गर्नुहोस् ।  ५

उत्तर :  सामुदायिक स्वास्थ्य
ड्ड समुदायका लागि समुदायकै व्यक्तिहरूले समुदायमा रहेका स्वास्थ्य समस्या पहिचान गरी त्यसको समाधान गर्न एवं व्यक्तिगत तथा वातावरणीय स्वास्थ्यमा सुधार ल्याउन गरिने क्रियाकलाप नै सामुदायिक स्वास्थ्य हो ।
सामुदायिक स्वास्थ्यको महŒव
स्वस्थ वातावरणको सिर्जना
स्वस्थ जनशक्तिको तयारी
स्वास्थ्य सेवाको उपलब्धता
समाज सेवाको भावना

लामो उत्तर दिनुपर्ने सम्भावित प्रश्नहरू
७. वैकल्पिक ऊर्जा भनेको के हो ? नेपालमा ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको महŒव र उपयोगबारे चर्चा गर्नुहोस् । ३+७.१० 
उत्तर :वैकल्पिक ऊर्जा

जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् इन्धनबाहेक परम्परागत रूपमा रहेका काठ, दाउरा, धुवाँरहित चुलो सुधारिएको पानीघट्टलगायत सौर्य ऊर्जा, वायु ऊर्जा, बायोग्याँस आदिलाई वैकल्पिक ऊर्जा भनिन्छ ।
नेपालको संविधानले नवीकरणीय ऊर्जाको विकास गरी आधारभूत आवश्यकता परिपूर्तिका लागि शुपथ र सुलभ रूपमा भरपर्दो ऊर्जाको आपूर्ति गर्ने नीति अंगीकार गरेको छ ।
१४औं योजनाको दीर्घकालीन वैकल्पिक ऊर्जाको प्रयोगबाट दिगो आर्थिक विकास हासिल गर्ने सोच रहेको छ ।
नेपालमा ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको महत्व र उपयोग ।
विद्युत्को केन्द्रीय प्रसारण लाइन नपुगेको ग्रामीण बस्तीहरूमा सौर्य ऊर्जाको प्रयोग गर्न सकिन्छ ।
ग्याँस उपलब्ध नहुने स्थानमा सुधारिएको चुलो प्रयोग गर्न सकिन्छ ।
ढिकी, जाँतोको ठाउँमा पानीघट्टको प्रयोग गर्न सकिन्छ ।
गोबरग्याँसको माध्यमबाट बिजुली बाल्ने तथा खाना पकाउने कार्य सम्पादन गर्न सकिन्छ ।
हावाको गति हुने स्थानमा वायु ऊर्जाको प्रयोग गर्ने ।
वैकल्पिक ऊर्जाको माध्यमबाट ग्रामीण अन्धकार
हटाउन सकिन्छ ।

८. द्वन्द्व भनेको के हो ? द्वन्द्वले समाजमा पार्ने असर र त्यसको समाधानका कुनै चार उपाय उल्लेख गर्नुहोस । (२+४+४).१०
उत्तर : द्वन्द्वको अर्थ

द्वन्द्व विभिन्न व्यक्ति, समूह संगठन वा समाजबीच उत्पन्न हुने खटपट, बेमेल, मनमुटाव, वैमनस्यता अथवा असंगति हो । जुन निश्चित उद्देश्य लक्ष्य एवं मूल्य र मान्यताका लागि गरिएको हुन्छ ।
द्वन्द्व व्यक्ति–व्यक्तिका बीचमा, समूह–समूहका बीचमा, संस्थासंस्थाका बीचमा, संगठन–संगठनका बीचमा तथा समाजहरूका बीचमा फरक–फरक किसिमले हुन्छ ।

सामाजिक विवाद तथा द्वन्द्व

समाजमा रहेका विभिन्न जातिहरू, समुदायहरू, भाषाभाषीहरू, लैंगिक, धार्मिक व्यक्तिहरूबीच आफ्नो धर्म, संस्कृति, भाषा, लिंगलगायत विकास र त्यसबाट प्राप्त हुने लाभको वितरणजस्ता विषयमा समाजमा विवाद उत्पन्न हुन्छ । विवादका कारण समाजमा गरिने संघर्षलाई सामाजिक द्वन्द्व भनिन्छ ।
सामाजिक द्वन्द्व विशेषगरी आर्थिक पक्ष, सामाजिक पक्ष, सांस्कृतिक पक्ष, राजनीतिक पक्ष, धार्मिक पक्षलगायत विविध पक्षसँग सम्बन्धित हुन्छन् ।
सामाजिक स्वार्थ पूरा गर्न समाजमा विवाद र द्वन्द्वको सिर्जना हुन्छ । द्वन्द्व चर्किंदै जाँदा यसले गम्भीर रूप पनि लिन सक्छ । साथै समाज रूपान्तरणमा सघाउ पु¥याउन पनि सक्छ त्यसैले यसको उचित व्यवस्थापन हुन आवश्यक हुन्छ जसको अभावमा सामाजिक विखण्डनको खतरा पनि रहन्छ ।

द्वन्द्वले समाजमा पार्ने सकारात्मक असर

चुस्त बनाउँछ ।
गलत निर्णय हुन दिँदैन ।
समाजलाई जीवन्तता, गतिशील र स्फूर्ति प्रदान गर्छ ।
काम गर्ने वातावरण सहज र सरल बनाउँछ ।
कमी कमजोरी सुधार्ने अवसर प्राप्त हुन्छ ।

नकारात्मक

विकासमा अवरोध
हिंसा, मुठभेड र विध्वंसको सिर्जना हुन सक्ने
पीडा दुःख र हैरानी, कष्ट
धनजनको क्षति, अशान्ति, अत्याचार र अनियमितता
सामाजिक एकता र सहिष्णुता खलबलिने

समाधानका उपायहरू

कारण पहिचान विश्लेषण र साझा मिलन बिन्दुको खोजी गर्ने,
सर्वपक्षीय छलफल अन्तरक्रिया र निष्कर्ष,
चेतना अभिवृद्धिमा जोड दिने,
समझदारी कायम गर्ने,
एकतामा जोड दिन खुला मनस्थितिले समाधान खोज्ने ।

 

९. जैविक विविधता भनेको के हो ? यो कति प्रकारको हुन्छ ? नेपाललाई जैविक विविधतामा किन धनी मानिन्छ ? नेपालको जैविक विविधताबाट के के फाइदाहरू लिन सक्छ ? उल्लेख गर्नुहोस् । २+१+३+४.१०
उत्तर : जैविक विविधता

संसारमा रहेका सम्पूर्ण जीवित प्राणी तथा वनस्पतिबीचको भिन्नता प्रकार, जम्मा संख्या र तिनका बीचको संयोजन नै जैविक विविधता हो ।
जैविक विविधताले जीवहरूका किसिम र तिनमा पाइने विविधतालाई जनाउ“छ ।
जैविक विविधताले जुनसुकै प्रजातिभित्रको आनुवंशिक विविधता, प्रजाति–प्रजातिबीचको विविधता र तिनीहरूको पारिस्थितिक प्रणालीको विविधतालाई जनाउ“छ । यसले स्थलीय, जलीय, सामुद्रिक र सिमसारको जैविक विविधतालाई समेत बुझाउ“छ ।
संसारको जल, स्थल, समुद्र तथा सिमसार क्षेत्रमा रहेका सबै जीवित प्राणी तथा वनस्पतिबीच पाइने भिन्नता तथा प्रकारलाई नै जैविक विविधता भनिन्छ ।

जैविक विविधताका प्रकार
पारिस्थितिक प्रणाली विविधता
प्रजाति विविधता
वंशाणुगत विविधता

नेपाललाई जैविक विविधतामा धनी मान्नुका निम्न कारण छन् : 

सानो मुलुक छ तर भौगोलिक बनावट हावापानीका कारण यहाँ विभिन्न किसिमका वनस्पति र वन्यजन्तु पाइन्छन् ।
विश्वकै दुर्लभ मानिने वन्यजन्तुहरूदेखि लिएर विभिन्न किसिमका फूल फुल्ने, वनस्पति, चराचुरुंगी, पुतली, काई, लेउ पाइन्छ ।
त्यसैगरी, हिमशिखर, पहाड, उपत्यका, डाँडा, ताल तलैया, पोखरी, नदीनालालगायत विश्वका अद्वितीय प्राकृतिक वातावरण यहाँ पाइन्छ ।
उल्लिखित कारणहरूले नेपाललाई जैविक विविधतामा धनी मानिन्छ ।

नेपालले जैविक विविधताबाट उठाउन सक्ने फाइदाहरू

कृषि जन्य जैविक विविधताबाट विभिन्न किसिमका अन्न बालीहरू ः धान, मकै, कोदो, फलफूल आदि ।
पशुजन्य जैविक विविधताबाट दूध, दही, घिउ, मही, छाला, मासु आदि ।
प्राकृतिक जैविक विविधता जल, जंगल, जमिन आदिको उपयोगबाट उन्नति प्रगति र विकास ।
त्यस्तै, हिमाल, ताल, नदी पोखरीलगायतको सौन्दर्य, आकर्षणले पर्यटक व्यवसाय गर्नमा भूमिका ।
पूर्वाधार विकासका लागि, माटो, ढुंगा अन्य खनिज पदार्थ उपलब्ध भई राज्यको आर्थिक वृद्धिमा योगदान ।
प्राकृतिक प्रक्रिया सन्तुलन राख्ने जस्तो– जैविक विविधताको संरक्षणले भूक्षय, बाढीपहिरो रोक्न सकिन्छ ।
-राजधानी दैनिकमा प्रकाशित सामग्री

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ