बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरियन दूसान एक्जाभेटरको सक्कली पार्टपूर्जामा निःशुल्क सर्भिस

आइतबार, १६ मङ्सिर २०७५, १९ : ३३
आइतबार, १६ मङ्सिर २०७५

काठमाडौं –दूसान नेपालले सक्कली पार्टपूर्जाहरुको नियमित खरिदमा लाइफ टाइम निःशुल्क सर्भिस प्रदान गर्ने घोषणा गरेको छ । नेपालको पूर्वाधार निर्माणको क्रान्तिकारी युगमा रहेको छ । 

इन्टरनेशनल कन्स्ट्रक्सन प्रा.लि.का जनरल मेनेजर काशिराम तिवारीले भने, ‘हाम्रो सर्वाधिक मनोबल तथा आत्मविश्वास भनेकै हाम्रा उपकरणहरुलाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको दीर्घकालीन आयु प्रदान गर्ने हाम्रो सदिच्छा बमोजिम यी मेशिनहरुमा अनुयोजन गरिएको दिगोपन हो ।

हामी सक्कली ओइएम पार्टपूर्जाहरुको निरन्तर खरिदमा सधैंको लागि निःशुल्क मर्मत सम्भार सेवा (श्रम शुल्क बाहेक) सुविधा योजना उपलब्ध गराइरहेका छौं ।’

दूसान एक सबैभन्दा पूरानो कोरियन कम्पनी हो र यो विश्वव्यापी रुपमा कार्य क्षमता र भरपर्दो विश्वसनीयताको लागि परिचित छ । दूसानका सबै एक्जाभेटरहरु कोरियाबाट सिधै आयात गरिन्छन्, जसले गर्दा नेपालको बजारमा अतुलनीय कार्य क्षमतायुक्त सेवा प्रदान गर्न सफल भएको छ ।

सर्वोत्कृष्ट कार्य क्षमता र दिगोपनसहित ५०० घण्टाको सर्भिसले मेशिनहरुको वार्षिक मर्मत सम्भार खर्च घटाउनुका साथै अझै अवधि अधिक बढाइदिन्छ । विश्वस्तरीय मेनिशहरु सँगसँगै नेपालमा विश्वस्तरीय सर्भिस प्रदान गर्ने कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप