शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय राष्ट्रपतिको तलब, सेवा–सुविधा कति ?

मङ्गलबार, १० साउन २०७४, १५ : १७
मङ्गलबार, १० साउन २०७४

इन्डियन एक्सप्रेस

भारतमा आज रामनाथ कोबिन्दले देशको १४ औं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेका छन् । यसै अवसरमा आज हामी तपाईंलाई भारतीय राष्ट्रपतिको तलब र उनले पाउने सेवा सुविधाबारे जानकारी दिँदै छौं ।

तलबः

भारतीय राष्ट्रपतिलाई मासिक १ लाख ५० हजार भारु तलब दिइन्छ । यसलाई पाँच लाख भारुमा बढाउनु पर्ने माग गरिएता पनि प्रधानमन्त्री कार्यालयबाट स्विकृृती पाइसकेको छैन ।

सेवा सुविधाः

राष्ट्रपति भवनः

राष्ट्रपति भवन नयाँ दिल्लीस्थित भारतको राष्ट्रपतिको आधिकारिक आवास हो । पाँच एकडमा फैलिएको उक्त भवनमा पाँचजना सेक्रेटरियल स्टाफसहित २ सयजना कर्मचारी राखिएका छन् ।

छुट्टी मनाउनेः

भारतीय सरकारले राष्ट्रपतिलाई दुई पटक छुट्टी मनाउन पाउने व्यवस्था मिलाएको छ । एक हैदराबादको राष्ट्रपति निलायममा र अर्को सिमलास्थित रिट्रिट बिल्डिङमा ।

यात्राः

राष्ट्रपतिले यात्रा गर्दा अन्य २५ वटा कार सँगै कुद्नेछ । राष्ट्रपति प्रणव मुखर्जीका लागि मर्सिडिज–बेन्ज एस६०० छानिएको थियो । यसका साथै, उनलाई विभिन्न अंगरक्षकले सुरक्षा दिनेछन् । उनले यात्रा गर्दा ८६ जना घोडसवार सुरक्षाकर्मीले उनलाई सुरक्षा दिनेछन् ।

राष्ट्रपति र उनका जीवनसाथीले संसारको कुनै पनि स्थानमा निःशुल्क घुम्न पाउने व्यवस्था मिलाइएको छ ।

मर्मतको बजेटः

राष्ट्रपतिलाई मर्मत बजेटस्वरुप ३० करोड छुट्याइएको हुन्छ । साथै, राष्ट्रपति भवनमा आयोजना हुने कार्यक्रम, भोज, भेटघाटका लागि छुट्टै व्यक्तिगत बजेट पनि छुट्याइएको हुन्छ । राष्ट्रपतिको दैनिक खर्च पनि यसैमा समावेश हुन्छ ।

अवकाशपश्चात् पाइने सुविधाः

नियम अनुसार राष्ट्रपतिले पेन्सनस्वरुप मासिक ७५ हजार भारु दिइन्छ । राष्ट्रपतिदलाई सुसज्जित भवनमा निःशुल्क बस्ने व्यवस्था मिलाइएको हुन्छ ।

राष्ट्रपतिलाई दुई ल्याण्डलाइन र मोबाइल फोन उपलब्ध गराइएको हुन्छ जसको सम्पूर्ण बिल सरकारले उठाउने गर्दछ । सेक्रेटरीसहित पाँच व्यक्तिगत स्टाफ उनको सेवामा खटाइन्छन् ।

साथै, राष्ट्रपतिलाई सरकारी कार र स्टाफ खर्चस्वरुप ६० हजार भारु दिइन्छ । साथै प्रत्येक महिना २ सय ५० लिटर पेट्रोल दिइन्छ । यदि राष्ट्रपतिले सरकारी गाडीको सट्टा आफ्नै कार प्रयोग गर्न चाहे सरकारले ड्राइभर खर्च पनि उठाउने गर्दछ ।

सेवा निवृत्त भइसकेपश्चात् पनि राष्ट्रपतिका लागि हवाई वा यात्राका कुनै पनि माध्यम प्रयोग गर्दा शुल्क लाग्दैन । उनीसँगै एक साथीको खर्च पनि सरकारले नै उठाउने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप