शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गल्फ लुब्रिकेन्टको एड्भान्स क्लब्ड स्किम: भिटारा ब्रेजा गाडी बितरण

आइतबार, १६ मङ्सिर २०७५, १५ : ३१
आइतबार, १६ मङ्सिर २०७५

काठमाडौं –गल्फ लुब्रिकेन्टको लागि नेपालको आधिकारिक वितरक नेपाल ल्युब आयल लिमिटेडले एड्भान्स क्लब्ड स्किम अन्तर्गत सिफल स्थित डि एस ट्रेड सेन्टरलाई भिटारा ब्रेजा जेडडी प्लस गाडी प्रदान गरेको छ । नेपाल ल्युब आयलका कार्यकारी निर्देशक करण चौधरीले यही मंसीर १३ गते डि एस ट्रेड सेन्टरका प्रोप्राइटर उत्तम लिगललाई गाडी हस्तान्तरण गरे ।

एड्भान्स क्लब्ड स्किम 

नेपाल ल्युब आयल लिमिटेडले निरन्तर रुपमा विभिन्न योजनाहरु प्रदान गर्दै आएको छ । यसै सिलसिलामा २०७५÷०७६ तथा २०७६÷०७७ को २ वर्षको आवधि भित्र आफ्ना रिटेलरहरुले टार्गेट पूरा गरेको खण्डमा एड्भान्स क्लब्ड स्किम अन्तर्गत समावेश गर्ने गरी सम्झौता गरेको छ ।  नेपाल ल्युब आयल लिमिटेडले टु ह्वीलर रिटेलर स्किम तथा जिईओ तथा डिईओ रिटेलर स्किमको लागि पनि १ वर्षे सम्झौता गरेको छ । 

डि एस ट्रेड सेन्टर

ए भिइ ट्रेडिङ्ग प्रा.लि अन्तर्गत रही काठमाडौं उपत्यका भित्र गल्फ लुब्रिकेन्टको लागि आधिकारिक वितरकका रुपमा कार्य गर्दै आएकोे छ । सिफलमा कार्यलय रहेको डि एस ट्रेड सेन्टरले सम्झौता अनुरुप ६० किलोलिटर गल्फ लुब्रिकेन्ट विक्री गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप