शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारत र श्रीलंकाबीचको पहिलो टेस्ट भोलिदेखि

मङ्गलबार, १० साउन २०७४, १५ : ०९
मङ्गलबार, १० साउन २०७४

नयाँ दिल्ली– भोलिदेखि श्रीलंकास्थित गल अन्तर्राष्ट्रिय स्टेडियममा हुने टेस्ट श्रृंखलाको पहिलो खेलमा म्याचमा भिड्न पूराना प्रतिद्वन्द्वी श्रीलकां र भारत तयार भईसकेका छन् । 


तर, पहिलो टेष्ट म्याचमा नै श्रीलंकालाई झड्का लागेको छ । दिनेश चण्डिमल ज्वरोका कारण कप्तानी गर्न पाउने छैनन् । उनको ठाउँमा रङगना हेराथले टिमको कप्तानको भूमिका निभाउने छन् । 


यता भारतका लोकेश राहुलले पनि ज्वरोका कारण सहभागिता जनाउने छैनन् । 


समग्रमा हेर्दा भारतीय टिमको अगाडि श्रीलकांको टिम धेरै कमजोर देखिएको छ । आफनो कमजोरीहरुको बाबजुद पनि श्रीलकां आफनो मैदानमा भने बलियो टिम हो । 


महेन्द्र सिंह धोनीको सन्यास पछि यतिबेला विराट कोहलीले भारतीय टिमको कप्तानी सम्हालिरहेका छन् । 


पछिल्लो पटक विराटको अगुवाईमा श्रीलंकासँग खेलेको पहिलो टेष्ट म्याचमा भारत ६३ रनले हार बेहोर्न बाध्य भएको थियो । दोस्रो टेष्ट म्याचमा भने भारतले श्रीलकांलाई २७८ रनले हारको स्वाद चखाएको थियो । उक्त जितले भारत सिरिजमा श्रीलकांसगं बराबरीमा आएको थियो । त्यसपछि तेस्रो टेष्ट म्याचमा भारतले श्रीलकांलाई ११७ रनले पराजित गरेको थियो । 


उक्त जितसँगै सिरिजमा २–१ को अन्तरले भारत विजयी घोषित भएको थियो । 


भारतले श्रीलंकामा तीनवटा टेस्ट खेल्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप