केन्द्रीय संस्करण

पृथ्वी राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

person access_timeमंसिर १६, २०७५ chat_bubble_outline0

धादिङ– पृथ्वीराजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका– ६ दशकिलोमा आज बिहान बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

 मृत्यु हुनेमा गजुरी गाउँपालिका निवासी ५५ वर्षीय मोटरसाइकल चालक नारायणकाजी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल पछाडि बसेका ४२ वर्षीया धनकुमारी भण्डारी रहेको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

धादिङबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ८३९५ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३६ प ८३५७ नं को मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ