बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चन्द्रागिरि डाँडामा नाउरुका राष्ट्रपति र फिलिपिन्सकी उपराष्ट्रपति

आइतबार, १६ मङ्सिर २०७५, ११ : ५८
आइतबार, १६ मङ्सिर २०७५

काठमाण्डौ । नेपालमा पहिलो पटक आयोजना गरिएको एसिया प्यासिफिक समिट – २०१८ मा सहभागी हुन काठमाण्डौ आएका प्रतिनिधिहरुले चन्द्रागिरिको भ्रमण गरेका छन् । नाउरुका राष्ट्रपति बरुन दिभेदी वाबा तथा फिलिपिन्सकी उपराष्ट्रपति लिनि रोब्रुडोले हिजो चन्द्रागिरि केबलकारको भ्रमण गरेका हुन् ।

अनौपचारिक भ्रमणको क्रममा रहेका अति विशिष्ट पाहुनालाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा संचालकहरु हेमराज ढकाल र कल्याण गुरुङ्गले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

भ्रमणमा सहभागी नाउरुका राष्ट्रपति र फिलिपिन्सकी उपराष्ट्रपतिले चन्द्रागिरि अत्यन्तै सुन्दर ढङ्गले निर्माण गरिएको र चन्द्रागिरिबाट एकदमै सुन्दर दृष्य देखिएको प्रतिक्रिया दिँदै आगामी दिनमा फेरी भ्रमण गर्ने इच्छा रहेको बताएका थिए । साथै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई बधाई तथा धन्यवाद समेत दिए । 

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप