बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकरणबारे नयाँ शक्तिका नेताहरुले दिए  नेतृत्वलाई यस्तो सुझाव

मङ्गलबार, १० साउन २०७४, १४ : ४५
मङ्गलबार, १० साउन २०७४

काठमाडौं–नयाँ शक्ति पार्टी, नेपालका नेताहरुले समान धारणा भएका राजनीतिक दलहरुसँग मात्रै पार्टी एकीकरण अभियान सुरु गर्न नेतृत्वलाई सुझाव दिएका छन । 
नयाँ शक्ति पार्टी, नेपालका नेताहरुले समृद्धि, सुशासन र राष्ट्रिय एकतालाई पार्टीको आभागी कार्यभार बनाउनुपर्नेमा पनि जोड दिएका छन । 
काठमाडौंमा जारी पार्टीको केन्द्रिय कार्यकारी समिति तथा संघीय परिषद बैठकमा बोल्दै नेताहरुले समान धारणा भएका राजनीतिक दलहरुसँग मात्रै पार्टी एकीकरण गरेर जान पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन । 
समान धारणा भएका राजनीतिक दलहरुसँग पार्टी एकीकरणका लागि अभियान संचालन गर्न पार्टी नेतृत्वलाई सुझाव दिइएको पार्टीका नेता पासाङ शेर्पाले जानकारी दिए । 
 पार्टीले हाल उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकताकालागि चरणवद्ध छलफल गरिरहेको छ । बैठकमा संगठन निर्माण अभियानलाई व्यवस्थित बनाउन नसकेको भन्दै पार्टीका कतिपय नेताहरुले संयोजक डा. बाबुराम भट्टराईको आलोचना समेत गरेका छन । पार्टीको संंगठनलाई सदृढ गर्न पनि नेताहरुले बैठकमा जोड दिएको पनि नेता शेर्पाले बताए । 
पार्टीका नेताहरुले समृद्धि, सुशासन र राष्ट्रिय एकताका लागि आवश्यक पहलकदमी लिन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन । मुलुकमा बैकल्पिक शक्ति आवश्यक रहेकाले त्यस्तो आवश्यक्ता पूरा हुने गरी पार्टीको विचार र संगठनलाई गतिशील बनाउन बैठकमा जोड दिइएको नेता देवेन्द्र पराजुलीले जानकारी दिए । 
नयाँ शक्ति पार्टी, नेपालले स्थानीय तह दुई चरणको निर्वाचनमा हार व्यहोर्नु परेपछि त्यसको समिक्षा गर्दै भावी रणनीति तय गर्न बुधबारबाट केन्द्रीय कार्यकारी समितिको बैठक समेत बोलाएको छ । 
बैठकमा लागि एजेन्डा तय गर्न केन्द्रिय कार्यकारी समिति र संघीय परिषद बैठक बसिरहेको पनि नेता पासाङले बताए । 
 सोमबार बैठकको उदघाटन गर्दै पार्टीका संयोजक भट्टराईले आर्थिक समृद्धिमा जोड दिएर मुलुकलाई निकास दिन आफ्नो पार्टी मात्रै समक्ष हुने दावीसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप