बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन प्रवर्द्धनका लागि भ्यूटावर निर्माण

आइतबार, १६ मङ्सिर २०७५, ११ : ०४
आइतबार, १६ मङ्सिर २०७५

ओखलढुंगा–ओखलढुंगामा १० मिटर अग्लो भ्यू टावर निमार्ण गरिएको छ । टावर मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिका ८ लगलगे डाडाँमा भ्यू टावरको निर्माण गरिएको हो । 

नगरपालिकाको २३ लाख बजेटमा भ्यू टावर निर्माण भएको हो । सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले निर्वाचित भए लगत्तै पहिलो प्रतिबद्धताको रुपमा एक वर्षभित्र भ्यू टावर निर्माण गर्ने घोषणा गरेका थिए । 
सोही अनुसार टावरको निमार्ण कार्य भएको हो । जिल्ला सदरमुकाम नजिकै रहेको डाँडामा टावर निमार्ण गरी जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने लक्ष्य सहित टावर निमार्ण गरिएको नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले बताए ।

 हाल टावरमार्फत दृश्य अवलोकण गर्न आन्तरिक पर्यटकहरु पुग्ने गरेको भएपनि टवरको बिधिवत रुपमा उत्घाटन गर्न बाकिँ रहेको छ । अब भ्यू टावर मार्फत टाढा टाढा दृश्य समेत हेर्नका लागि आवश्यक दुरबीन लगायतको व्यवस्था गर्ने तयारी रहेको मेयर श्रेष्ठको भनाई छ ।

 समुन्द्री सतहदेखि २ हजार ३ सय ७० मिटरको उचाईमा अवस्थित टावर १० मिटर अग्लो छ । टावरबाट गौरीशंकर, नुम्बुर, सगरमाथा, ल्होत्से लगायतका दर्जनौं हिमालका टाकुरा र हिमश्रंखला देख्न सकिन्छ । 
पूर्वमा भोजपुरको टेम्के, साल्पा सिलिचुङ सम्म देखिन्छ भने मौसम खुलेको समयमा दक्षिणमा तराईका भागहरु समेत स्पष्ट देख्न सकिन्छ । मूल सडकदेखि पैदल एक घण्टा हिँडेर पुग्न सकिने टावर आसपासमा वसन्त ऋतुको समयमा राताम्मे भएर गुराँस फुल्ने गर्दछ । 
घना जंगलको बीचमा भएकोले हरियाली र चराचुरुंगी समेत देख्न पाइन्छ । तर टावरमा पुग्न पैदन हिँड्नु पर्ने भएकाले बाटो असहज तथा पानीको समेत समस्या रहेको स्थानिय अवलोकनकर्ता अशेष श्रेष्ठको भनाई छ।

त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न लगलगेका स्थानीयले होमस्टेको शुरुवात गर्ने समेत तयारी गरेका छन् । जाडोमा घाम ताप्न, पिकनिक जान, घुम्न तथा हाईकिङका लागि उपयुक्त गन्तव्य लगलगे टावर हुनसक्ने अनुमान गरिएको छ । 
गर्मीमा चिसो मौसम हुने भएकोले शितल हावाका लागि समेत उक्त स्थानिय उपयुक्त गन्तब्य मानिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप