बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उपप्रधानमन्त्री महरासँग  उद्योगी व्यवसायीको भेट

मङ्गलबार, १० साउन २०७४, १४ : ३५
मङ्गलबार, १० साउन २०७४

काठमाडौं–उद्योगी÷व्यवसायीहरुले आर्थिक कूटनीतिमा जोड दिन सरकारलाई सुझाव दिएका छन ।


उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटगरी नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले आर्थिक कूटनीतिमा जोड दिन सुझाव दिएका हुन । 
मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा महासंघको नेतृत्वले नेपालको समृद्धिका लागि आर्थिक कूटनीति मुख्य आधार भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराको ध्यानाकर्षण गराएका थिए । 
आर्थिक कूटनीतिमा जोड दिन सरकारलाई सुझाव दिइएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । उनले  नेपालको आर्थिक विकासका लागि आवश्यक व्यापार बढाउन र लगानीको वातावरण बनाउन पनि आर्थिक कूटनीति अतिआवश्यक भएको पनि स्पष्ट पारिन् । 
 त्यस अवसरमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महराले आर्थिक कूटनीतिलाई प्रभावकारी ढंगले अघि बढाउन निजी क्षेत्रसँग आवश्यक परामर्श लिन सरकार प्रतिवद्ध रहेको बताएका थिए । 
सरकारले वैदेशिक लगानी भित्रयाउने प्रतिवद्धता जनाउँदै आएपनि सो अनुसारको आर्थिक कूटनीति भने तय गर्न नसकेको निजी क्षेत्रको बुझाई छ । महासंघले नेपालको औद्योगिक क्षेत्रको विकासका लागि आवश्यक लगानी भित्रयाउन उद्देश्यका साथ आगामी मंसीरभित्र अन्तराष्ट्रिय स्तरको लगानी सम्मेलन गर्ने योजना पनि बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप