कविता : अनि देश कसरी मेरो ?
राजेन्द्र पोखरेल
बाह्रै महिना भौँतारिइ रहेको हुन्छु म यस देशमा
छप्ल्याङ अनि खन्च्याङ गर्दै हुन्छु सधैँ रेसमा
अन्तिम भोज खाएझैँ लुछ्दैछन् शिकार मेसमा
घोक्रिन्छन् जन आउँछन् जब विदेशीको भेषमा
यो देश राष्ट्रपतिको हो या कि त प्रधानमन्त्रीको
र्याइँ र्याइँ साइरन बजाउँदै हिँड्ने होला मन्त्रीको
व्यक्तिगत लाभका लागि ढुकुटीमा ढिकी हाल्ने
उच्च ओहदाकै ब्रह्मलुट छ आसेपासे सबै पाल्ने
खाल्डा टाल्न सडकको विदेशी नै आउनुपर्ने
कर तिर्न पनि जनताले महिनौँ दिन धाउनुपर्ने
ज्वरो आउँदा कोही पुग्छन अमेरिका सिङ्गापुर
जनता मर्छन् समयमा सिटामोल नि नपाई हजुर
आफ्नै हात जगन्नाथ चिल्ला गाडी आफै चढ्ने
नाङ्लो आँगनको भए मात्रै भोजनतिर हात बढ्ने
आकाशबाटै खसेझैँ ठान्छौ पानीमाथि ओभानो
सम्पत्ति हरपल थुप्रिँदै छ मुरी तिम्रो हाम्रो मानो
पहुँच भए न्याय पाउनु फास्ट ट्र्याकमा गुडेजस्तो
नहुनेलाई चप्पल लगाई हिलो बाटोमा हिँडेजस्तो
आफ्नै भएर पो जामर लगाई ठप्प पार्छौ सबैतिर
एम्बुलेन्स दबिने देशमा तिनलाई किन पथ्र्यो पीर
छैन कुनै हिसाब किताब, न त कुनै लेखाजोखा
गरिब देशका बासिन्दा बन्ने नै भए तिनै भोका
मुखियाको रवाफ देखाई सतीलाई दोष दिन्छौ
जनतालाई अधिकार ? मौका मिले सबै छिन्छौ
सेना पुलिस सबै उनका अड्डा जति पनि उसै
जल थल सबै उनकै आदेश चल्छ उनकै जसै
तन्त्र जति फेरिए पनि मन्त्र आफ्नै सेरोफेरो
जनता भए उपभोग्य अनि देश कसरी मेरो ?
अनि देश कसरी मेरो ?
सिरानचोक–५, गोरखा
हाल : टोखा–१०
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा