बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ मन्त्रीको सपथ ५ बजे गराउने तयारी

मङ्गलबार, १० साउन २०७४, ०७ : ००
मङ्गलबार, १० साउन २०७४

काठमाडौं–आज साँझ पाँच वजे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ ।  
 मन्त्रीको नाम  टुंगो लगाउन दलहरु आन्तरिक छलफलमा रहेको बेला मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीले मन्त्रीको शपथ ग्रहण समारोहको तयारी गर्न राष्ट्रपति कार्यालयलाई आग्रह गरेका हुन् । 

राष्ट्रपति कार्यालय स्रोतका अनुसार मुख्य सचिवले राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेललाई फोन गरि तयारमा रहन निर्देशन दिएका छन् । 
राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले  लिखित जानकारी नआएपनि मुख्य सचिवबाट सपथ ग्रहणको तयारी  गर्न भनिएको रातोपाटीलाई जानकारी दिए । 

नेपाली काँग्रेस र माओवादी केन्द्र मन्त्रीको टुंगो लगाउन आन्तरिक छलफलमा रहेका छन् । 
छलफल  टुंगोमा पुगे पाँचवजे नव नियुक्त मन्त्रीहरुका शपथ ग्रहण हुने राष्ट्रपति कार्यालय स्रोतको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप