शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ह्वावेको विन्टर अफर : तीनवटा स्मार्टफोनको मूल्य घट्यो

शुक्रबार, १४ मङ्सिर २०७५, १३ : ०३
शुक्रबार, १४ मङ्सिर २०७५

काठमाण्डौँ– विन्टर प्रमोशनको हिस्सास्वरूप ह्वावेले आफ्नो तीनवटा सबैभन्दा चर्चित बजेट स्मार्टफोनहरूः वाई फाइभ लाइट, नोभा टु लाइट तथा वाई नाइन २०१९ को मूल्य घटाएको छ । क्यामरा सेटअप, आकर्षक र बेग्लै डिजाइन र समग्र परमर्फमेन्सका लागि सुपरिचित यी स्मार्टफोनहरूले प्रयोगकर्ताहरूबाट सकारात्मक प्रतिक्रिया पाइसकेको छ ।

यो अफर थप डिस्काउन्टसहित बजेट स्मार्टफोनहरू खोजिरहेका ग्राहकहरूका लागि सबैभन्दा उपयुक्त हो । यी तीनवटै स्मार्टफोनहरू वास्तविक मूल्यभन्दा झण्डै २ हजार रूपैयाँ  कममा उपलब्ध छन् । ह्वावेले आफ्ना ग्राहकहरू प्रतिको जिम्मेवारी पूरा गर्दै कम्पनीलाई थप उचाईमा पु¥याउन यो एक्सक्लुसिभ अफर ल्याएको छ । 

वाई फाइभ लाइटः १३,९०० बाट ११, ९९०

यसअघि१३,९०० रुपैयाँ भएको पहिलो एन्ड्रोइड गो डिभाइस अब मात्र रुपैयाँ  ११, ९९०मा उपलब्ध छ । यो स्मार्टफोन एन्ड्रोइड गो प्लाटफर्ममा संचालन हुन्छ जुन एन्ट्री लेभल फोनहरूमा अपटिमाइज्ड स्टक एन्ड्रोइड एक्सपिरियन्स दिने गर्दछ ।

यो फोनमा लाइटर भर्सन एपहरू, अझ राम्रो सुरक्षा तथा व्यवस्थापन छ । यो फोनमा एलईडी फ्लाससहितको ८ एमपी रियर क्यामरा र १४४०x७२० रेजलुसनसहितको ५.४५ एचडीको डिस्प्ले रहेको छ ।
यसमा मिडिया टेक एमटी ६७३९ प्रोसेसर रहेको छ । साथै यसमा १६ जिबीको स्टोरेज र ३०२० एमएच ब्याट्री छ ।

नोभा टु लाइटः २३,९०० बाट २१, ९९०

यो फोनको मूल्य २३,९००रुपैयाँबाट २१, ९९० मा झरेको छ । यो फोनमा एचडीसहितको १४४०x७२० रेजलुसनसहितको ५.९९ इन्चको आइपीएस एलसीडी भएपनि यो फोन हलुंगो छ । यसमा डुअल क्यामरा सेटअप, एफ २.२ एपर्चरसहितको १३ एमपी लेन्स र दुई एमपी डेप्थ सेन्सर रहेको छ ।

साथै यसमा ८ एमपीको सेल्फी क्यामरा छ । अन्य विशेषताहरूमा रियर माउण्टेड फिंगर प्रिन्ट सेन्सर, ३ जिबी र्या म र ३२ जिबी आन्तरिक स्टोरेज र छुट्टै माइक्रो एसडी कार्ड स्लट रहेको छ । यसमा १. ४ जीएचजेड कोरटेक्स ए५३ छ साथमा ३००० एमएच ब्याट्रीसहितको माइक्रो यूएसबी र एन्ड्रोइड ८. ० र ईएमयूआई ८. ० रहेको छ ।

वाई नाइन २०१९ः ३४, ९०० बाट ३१, ४९०

ह्वावे वाइ नाइन २०१९ एकदमै उत्कृष्ट स्मार्टफोन हो र आइफोन एक्सएस म्याक्स स्ट्यान्डर्ड भएको फोन मानिन्छ । यसमा फूलएचडी सहितको १०८०x२३४० पिक्सल रेजलुसन छ र यसमा १९ः५ः९ एस्पेक्ट रेसियो रहेको छ ।

वाइ नाइन २०१९ मा हाइसिलिकन किरिन ७१० चिपसेट छ । यसमा फ्रन्ट र ब्याकइन्ड दुवैमा गरी डुअल क्यामरा सेटअप छ । रियर प्यानलमा १६ एमपी+ २ एमपी तथा १३ एमपी र २ एमपीको क्यामरा छ । दुवै साइडमा सेकेण्डरी क्यामरा रहेको छ ।

यस फोनमा ४ जिबीको र्याम र ६४ जिबी अनबोर्ड स्टोरेज र माइक्रा एसडी कार्ड स्लट राख्ने ठाउँ पनि छ । ४०० जिबीसम्मको मेमोरी कार्ड यसमा राख्न सकिन्छ । ह्वावेले विश्वव्यापी स्मार्टफोन बजारमा दोस्रो स्थान हासिल गरिसकेको छ र भविष्यमा सबैभन्दा लोकप्रिय स्मार्टफोन ब्रान्ड बन्न चाहान्छ ।

सन् २०१७ मा नोभा सिरिज सार्वजनिक गरेदेखि र नोभा टु आई को कीर्तिमानी कायम गर्न सफल भएको छ । चारवटा क्यामरा र फूलभ्यू डिस्प्ले भएको स्मार्टफोनले स्मार्टफोनहरूको दुनियाँमा नयाँ स्तर पक्कै पनि ल्याएको छ । ह्वावेका नोभा थ्री र नोभा थ्री आई विश्वकै पहिलो २४ एमपी फोर एआई क्यामरा हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप